Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

टिप्पर र कार एक आपसमा ठोक्किँदा दुई जनाको ज्यान गयो

  •   १ वर्ष अघि | ५ बैशाख २०८२, शुक्रबार

बारा । बाराको निजगढ क्षेत्रमा भएको सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ।

शुक्रबार दिउँसो सवा ३ बजेतिर निजगढदेखि करिब १० किमी पश्चिम पट्टि टिप्पर र कार एक आपसमा ठोक्किँदा ज्यान जाने घटना घटेको हो।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ०६०७ नम्बरको टिप्पर र विपरीत दिशाबाट आइरहेको बा ०१–०२५ च ५०७६ नम्बरको कार बीच तीव्र गतिमा ठक्कर भएको थियो।

दुर्घटनामा सर्लाही निवासी कार चालक जितनारायण साह र सोही कारमा सवार नारायणहरी शर्मा गम्भीर घाइते भएका थिए। दुबैलाई उपचारका लागि निजगढको प्रसूति अस्पताल लगिएको थियो, तर उपचारको क्रममा दुबैजनालाई मृत घोषणा गरिएको बाराका प्रहरी प्रमुख एसपी सन्तोष तामाङले जानकारी दिए।

दुर्घटनापछि टिप्पर चालक भने फरार रहेको र उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ। घटनास्थलमा दुबै सवारीसाधन यथावत छन् भने सडक आवागमनमा भने अवरोध नरहेको प्रहरीको भनाइ छ।

  • A

थप