Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

आज यी चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना, सतर्क रहन मौसमविद्‌को आग्रह

  •   १ वर्ष अघि | १० बैशाख २०८२, बुधबार

काठमाण्डौ ।देशमा अहिले स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस प्रणालीको प्रभावका कारण आज देशका केही भागमा बदली र वर्षाको सम्भावना देखिएको हो।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगमा दिउँसो आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी प्रदेशहरूमा मौसम खुला रहने अनुमान गरिएको छ।

कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै, उच्च पहाडी र हिमाली भू–भागहरूमा समेत हल्का वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ। विशेष गरी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भेगमा सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।

रातिको मौसम पनि यस्तै रहने देखिन्छ। कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रमा मौसम खुला रहनेछ। राति पनि उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का वर्षा र हिमपात हुने सम्भावना कायमै रहेको छ।

यात्रा गर्नेहरू, किसान र हिमाली क्षेत्रका बासिन्दाहरूलाई सतर्क रहन मौसमविद्‌हरूको सुझाव रहेको छ।

  • Jigyasanepal

थप