Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

देशभर मौसम बदली, कोसीदेखि सुदूरपश्चिमसम्म वर्षा र हिमपातको सम्भावना

  •   १ वर्ष अघि | १९ बैशाख २०८२, शुक्रबार

काठमाडौं, वैशाख १९ —

आज शुक्रबार देशभर मौसम बदली रहने र केही प्रदेशमा वर्षा तथा उच्च पहाडी भेगमा हिमपात हुन सक्ने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार दिनभर आंशिकदेखि सामान्य बदली रहनेछ।

कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा वा हिमपात हुने सम्भावना छ। त्यस्तै, कोसी प्रदेशलगायतका पहाडी भेगमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनसक्ने महाशाखाको अनुमान छ।

राति पनि मौसम पूर्णरूपमा खुल्ने छैन। कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी स्थानमा मौसम आंशिक खुल्ने देखिएको छ। कोसी र गण्डकीका केही उच्च भागमा राति पनि मेघगर्जनसहित हल्का वर्षा र हिमपातको सम्भावना कायमै रहेको छ।

हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको मिश्रित प्रभाव सक्रिय रहेको जनाइएको छ, जसका कारण मौसममा उतारचढाव देखिएको हो।

सावधानी अपनाउन मौसमविद्हरूको सुझाव

यात्रा वा बाहिरी गतिविधिमा संलग्न हुनेहरूले मौसम अनुसार तयारी गर्नुपर्ने मौसमविद्हरूले सुझाएका छन्। विशेष गरी पहाडी र हिमाली क्षेत्रमा यात्रा गर्नेहरूले आवश्यक सतर्कता अपनाउनुपर्नेछ।

  • Jigyasanepal

थप