Breaking News
आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||    

आगामी तीन दिनको मौसम अपडेट: कहाँ वर्षा र हिमपात हुने सम्भावना छ?

  •   २ वर्ष अघि | ११ पुस २०८१, बिहिबार

काठमाडौं । नेपालमा हाल पश्चिमी वायु र न्यून चापीय प्रणालीको आंशिक प्रभाव परेको छ। जल तथा मौसम विभागका अनुसार देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली छ भने अन्य स्थानमा मौसम सामान्यतया सफा देखिएको छ। साथै, तराईका केही क्षेत्रहरूमा हुस्सु र कुहिरो लागेको अवस्था छ।

आजको मौसम (पुस ११)

गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा सामान्य बदली रहने अनुमान गरिएको छ भने तराई क्षेत्र मुख्यतया सफा रहनेछ।

भोलि (पुस १२)

शुक्रबार लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हल्का वर्षा हुन सक्ने सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा मध्यम हिमपात र सामान्य वर्षा हुने अनुमान गरिएको छ। पहाडी क्षेत्रहरूमा पनि बदलीको सम्भावना देखिएको छ।

शनिबार (पुस १३)

शनिबार सातै प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम विभागले जनाएको छ। हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात हुन सक्छ भने पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुने संभावना छ। तराईका केही भागमा हल्का वर्षाको अनुमान गरिएको छ।

मौसमको यो अवस्थालाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन विभागले सबैलाई सुझाव दिएको छ।


  • Jigyasa media

थप