Breaking News
आज पाँच प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना    ||     बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||    

कुटपिटबाट ठाकुरको हत्या

  •   २ वर्ष अघि | १५ साउन २०८१, मङ्लबार

धनुषा ।  धनुषाधाम नगरपालिका–२ मंगलपुरमा ४५ वर्षीय भोगेन्द्र ठाकुरको कुटपिटबाट हत्या भएको छ। उनकी श्रीमती ३५ वर्षीया श्यामु ठाकुर घाइते भएकी छन्। 

धनुषा प्रहरीका प्रवक्ता रञ्जन अवाका अनुसार सोमबार बिहान ४५ वर्षीया सुरजी मुखिया र उनका छोरा २१ वर्षीय नागेश्वर मुखियाले कुटपिट गर्दा ठाकुरको मृत्यु भएको र उनकी श्रीमती घाइते भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। 

ठाकुरलाई बिहान साढे ११ बजे घरमै कुटपिट गर्दा गम्भीर घाइते भएपछि प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको थियो। 

प्रहरीले कुटपिटमा संलग्न आमा–छोरालाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाएको बताइएको छ। 


  • Jigyasa media

थप