Breaking News
आज पाँच प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना    ||     बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||    

सरकारले १० महिनापछि हटाउँदै टिकटकमाथि लगाइएको प्रतिबन्ध

  •   २ वर्ष अघि | ४ भदौ २०८१, मङ्लबार

काठमाडौं - सरकारले १० महिनापछि सामाजिक सञ्जाल टिकटकमाथि लगाइएको प्रतिबन्ध हटाउने तयारी गरेको छ। पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले लगाएको प्रतिबन्ध हटाउन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा प्रक्रिया अघि बढाइएको हो।

प्रकाशित स्रोत अनुसार, प्रधानमन्त्री ओलीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई छिट्टै निर्णय गर्न निर्देशन दिइसकेका छन्। यसका लागि सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले टिकटकका नेपाल प्रतिनिधिसँग छलफल सुरु गर्ने तयारी गरेका छन्।

स्रोतले जनाएको छ कि टिकटक प्रतिबन्ध हटाउन क्याबिनेटबाट प्रस्ताव पेस गर्ने प्रक्रिया अघि बढिसकेको छ। टिकटकको नेपाल प्रतिनिधिसँग छलफल पछि आवश्यक निर्णय लिन तयारी भइरहेको जानकारी दिइएको छ।

टिकटकमाथि लगाइएको प्रतिबन्ध प्रचण्डको चीन भ्रमणपछि लागू भएको थियो। चीनले उक्त निर्णयलाई ‘चीनविरोधी’ कदमको रूपमा लिएको थियो। 


  • Jigyasa media

थप