Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

त्रिभुवन विमानस्थलमा बम राखिएको हल्ला: नेपाली सेनाको खोजी अभियान

  •   २ वर्ष अघि | ६ कार्तिक २०८१, मङ्लबार

काठमाडौँ, ६ कात्तिक – भारतको भिस्तारा एयरको विमानमा बम राखिएको हल्लापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको टोलीले व्यापक खोजतलासी थालेको छ। नयाँ दिल्लीबाट काठमाडौँ आएको भिस्तारा एयरको फ्लाइटमा बम रहेको फोन सूचना दिल्लीबाट प्राप्त भएपछि सेनाको विशेष बम निष्क्रिय गर्ने टोलीले तुरुन्तै विमानमा खोजी कार्य प्रारम्भ गरेको हो।

सेनाका प्रवक्ता गौरवकुमार केसीका अनुसार, यात्रुहरूलाई सुरक्षित ठाउँमा राखेर विमानको ह्याण्ड ब्यागेज तथा अन्य सामानहरू जाँच गरिएको छ। अहिलेसम्म कुनै शंकास्पद वस्तु फेला नपरेको जानकारी गराइएको छ। विमानमा बम रहेको सूचना दिल्लीबाट प्राप्त भएको थियो, जसको आधारमा अनुसन्धान भइरहेको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार, विमानका सबै सामानहरूको चेकजाँच भइरहेको छ। उडानहरू भने नियमित रूपमा सञ्चालनमा रहेका छन्, तर भिस्ताराको विमान नजिक अन्य विमानहरूलाई पार्किङ अनुमति दिइएको छैन।


  • Jigyasa media

थप