Breaking News
आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||    

पशुपतिनाथलाई तातोपानीले नुहाइँदै, धनुर्मास पूजा आरम्भ

  •   २ वर्ष अघि | २३ पुस २०८१, मङ्लबार

२३ पुस, काठमाडौं – सूर्य धनु राशिमा रहने पुस महिनाभर पशुपतिनाथ मन्दिरमा विशेष पूजाआजा गर्ने परम्परा अनुसार मङ्गलबार बिहान पशुपतिनाथलाई तातोपानीले स्नान गराई धनुर्मास पूजा आरम्भ गरियो।

धनुर्मास पूजाको परम्परा

धनुर्मास पूजा प्रत्येक पुस महिनामा साइत मिलाएर गरिन्छ। पशुपति क्षेत्र विकास कोषका अनुसार चिसो महिनामा पशुपतिनाथलाई चिसोबाट जोगाउन तातोपानीले स्नान गराउने परम्परा छ। यो परम्परा बाला चतुर्दशीदेखि प्रारम्भ हुन्छ र विशेष पूजा पुसभर निरन्तर चल्छ।

तातोपानी स्नान र पूजा प्रक्रिया

मङ्गलबार बिहान पशुपतिनाथलाई तातोपानीले स्नान गराई पूजा सुरु गरियो।

रातभर मूल मन्दिरमा धनुर्मास पूजा आराधना गरियो।

परम्परागत रूपमा धनुर्मास पूजापछि गेडागुडीबाट बनेको खिचडी चढाइन्छ।

उपवास र धार्मिक विश्वास

बुधबार धनुर्मास पूजापछि उपवास गरिन्छ।पशुपतिनाथलाई बिहान तोरीको तेल लगाइने परम्परा छ।

शिवपुरी डाँडाबाट महादेवले घाम ताप्ने धार्मिक मान्यता अनुरूप, बेलुकी आरती गरेर पूजा सम्पन्न गरिन्छ।नियमित पूजाआजा भने बिहीबारबाट सुरु हुनेछ।

पौराणिक महत्व

धनुर्मास पूजा धार्मिक दृष्टिले गहिरो महत्व राख्दछ। यसले शिवभक्तहरूमा आध्यात्मिक ऊर्जा प्रदान गर्ने विश्वास गरिन्छ।



  • Jigyasa media

थप