Breaking News
पहिरोले स्काभेटर पुरिँदा चालकको मृत्यु, काभ्रेमा दर्दनाक दुर्घटना    ||     बीपी राजमार्गमा राति सवारी चलाउन रोक, प्रशासनको निर्देशन    ||     सुनचाँदीको मूल्यमा व्यापक गिरावट, तीन दिनमै तोलामा ५१ सय रुपैयाँ घट्यो सुन    ||     आज देशभर आंशिकदेखि पूर्ण बदली, पहाडी भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना    ||     लिपुलेक विवादमा भारतको जवाफ: ‘पुरानो मार्ग, नयाँ विषय होइन’    ||     शारदा मावि पूर्व विद्यार्थी समाजमा तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति घोषणा    ||     पहिरोको कहर: ३ प्रमुख राजमार्ग पूर्ण अवरुद्ध, यात्रु बीचमै अलपत्र    ||     नेपालमा एकसाथ ४ मौसम प्रणाली सक्रिय, देशभर चट्याङ, असिना र वर्षाको उच्च सम्भावना    ||     काभ्रेली स्रष्टा प्रदीप सापकोटा सम्मानित    ||     ७ वर्षपछि खुल्यो रहस्य: ‘दुर्घटना’ भनिएको घटनामा श्रीमतीसहित परिवारकै संलग्नता, तीन महिला पक्राउ    ||    

बौद्धमा टिपरको ठक्करबाट वृद्धको मृत्यु, काभ्रेबाट चालक पक्राउ

  •   ११ महिना अघि | २५ जेष्ठ २०८२, आइतवार

जिज्ञासा नेपाल | जेठ २५, २०८२, आइतबार | काठमाडौँ

काठमाडौँको बौद्धमा गएराति भएको सडक दुर्घटनामा एक वृद्धको ज्यान गएको छ। राजधानीको बौद्धस्थित रामहिटीमा साढे ११ बजे तिर टिपरले ठक्कर दिँदा करिब ६५ वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको हो। मृतकको सनाखत भने अझै भइसकेको छैन।

टिपर ठक्करपछि भाग्यो, चालक काभ्रेबाट समातिए
दुर्घटनापछि बागमती प्रदेश-०१-००६ ख ५५०८ नम्बरको टिपर लिएर फरार भएका चालकलाई प्रहरीले काभ्रेको मण्डनदेउपुर नगरपालिका–६ बाट नियन्त्रणमा लिएको छ। पक्राउ परेका चालक २८ वर्षीय अजय श्रेष्ठ रहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी दीपक गिरीले जानकारी दिए।

"दुर्घटनापछि चालक भागेका थिए, खोजतलासपछि काभ्रेबाट पक्राउ गरियो", एसपी गिरीले बताए। हाल उनलाई काठमाडौँ ल्याउने प्रक्रिया अगाडि बढाइएको छ भने घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

अनुसन्धान जारी
टिपरको ठक्करबाट ज्यान गुमाएका वृद्धको शव पोस्टमार्टमका लागि अस्पतालमा पठाइएको छ। सनाखत भइनसकेको मृतकको परिचय खुलाउन प्रहरीले सर्वसाधारणसँग पनि सहयोग मागेको छ।


🚨 सावधानी अपनाऔं!
सडकमा विशेषगरी रातको समयमा ठूलो सवारीसाधनसँग सावधानीपूर्वक हिँड्न तथा सवारी चालकले गति नियन्त्रण गर्नुपर्ने प्रहरीको अनुरोध रहेको छ।

  • Jigyasanepal

थप