Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

४८ घण्टापछि हिमपातमा फसेका यात्रुको उद्धार

  •   २ वर्ष अघि | १८ फाल्गुन २०८१, आइतवार

रुकुमपूर्व— मध्यपहाडी लोकमार्गमा ४८ घण्टासम्म हिमपातका कारण अलपत्र परेका यात्रुको उद्धार गरिएको छ।

शुक्रबार रातिदेखि परेको भारी हिमपातका कारण रुकुमपूर्वको लुकुम–पातिहाल्ना खण्डमा रोकिएका यात्रुलाई सुरक्षाकर्मीको सहायतामा उद्धार गरिएको हो। रुकुमपश्चिमबाट काठमाडौँ जाँदै गरेका तीन बससहित अन्य साना गाडीहरू बाटो अवरुद्ध हुँदा बीच बाटोमै रोकिएका थिए।

हिउँ जमेर सडक अवरुद्ध भएपछि यात्रुहरूले शुक्रबार दिउँसोदेखि नै बागलुङ सिमानासम्म पुग्न सकेनन्। रातभरि गाडीभित्रै बस्न बाध्य भएका यात्रुहरूले दुई दिनसम्म खान नपाएको गुनासो गरेका छन्। यात्रु प्रेमिका मल्लका अनुसार पातिहाल्नामा सीमित होटलहरूमा बस्न ठाउँ नपुग्दा धेरै यात्रुहरू गाडीमै बस्न बाध्य भए।

शनिबार दिनभर स्थानीय प्रशासन, नेपाल प्रहरी, र सशस्त्र प्रहरीको टोलीले पाँच किलोमिटर क्षेत्रमा जमेको हिउँ पन्छाएपछि यात्रुहरूको उद्धार सम्भव भएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले बताए। उद्धारपछि बस र अन्य साना गाडीलाई गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ।

यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै रातिको समयमा बस नचलाउन प्रशासनले अनुरोध गरेको छ। आइतबार बिहान सडकको अवस्थाका आधारमा यातायात सञ्चालन गर्ने/नगर्ने निर्णय गरिने जनाइएको छ। रुकुमपूर्व र बागलुङ सिमानामा प्रत्येक वर्ष हिमपातका कारण यातायात प्रभावित हुनेगरेको छ।


  • Jigyasa media

थप