Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

ओमानका विदेशमन्त्री अल्बुसैदी नेपाल भ्रमणमा

  •   २ वर्ष अघि | ९ भदौ २०८१, आइतवार

काठमाडौं। ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदी नेपालको दुई दिने औपचारिक भ्रमणका लागि  मंगलबार काठमाडौं आउँदै छन्। 

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको निमन्त्रणामा उनी भदौ १० र ११ गते नेपाल भ्रमणमा आउन लागेका हुन्। सो भ्रमणका क्रममा नेपाल–ओमान सम्बन्ध र अन्य विविध विषयमा दुई देशका विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता तथा छलफल हुनेछ।

यसबाहेक, ओमानका विदेशमन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि छुट्टाछुट्टै शिष्टचार भेट गर्ने कार्यक्रम छ। भ्रमण सम्पन्न गरी उनी भदौ ११ गते काठमाडौंबाट स्वदेश फर्किनेछन्।

  • Jigyasa media

थप