Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

भूम्लु गाउँपालिकाद्वारा युवाका लागि स्वरोजगारमूलक ड्राइभिङ प्रशिक्षण सुरु

  •   २ वर्ष अघि | ४ चैत्र २०८१, सोमवार

काभ्रेपलाञ्चोक, चैत ३ – भूम्लु गाउँपालिकाले युवाहरूलाई स्वरोजगारको अवसर प्रदान गर्न सीपमूलक ड्राइभिङ प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ। गरिबी निवारणका लागि लघुवित्त उद्यम विकास कार्यक्रम (मिडपा) अन्तर्गत सुरु गरिएको यो तालिमले युवाहरूलाई रोजगारीमा प्रवर्धन गर्ने लक्ष्य राखेको छ।

बनेपामा प्रशिक्षण सुरु, १३ वडाका युवाको सहभागिता

भूम्लु गाउँपालिकाले बनेपास्थित ‘बीएमके ड्राइभिङ स्कुल’ लाई तालिम सञ्चालनको जिम्मेवारी दिएको छ। गाउँपालिकाको १३ वडाबाट योग्यता पुगेका युवाहरूलाई छनोट गरी प्रशिक्षणमा सहभागी गराइएको छ।

आज आइतबार एक औपचारिक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष प्रेम बहादुर भूजेलले गाडी चलाएर प्रशिक्षणको शुभारम्भ गरे।


स्वरोजगारका लागि महत्वपूर्ण अवसर

तालिमको औचित्य प्रस्ट्याउँदै अध्यक्ष भूजेलले भने, “युवाहरू बेरोजगारीको मारमा छन्। भूम्लु सरकारले सञ्चालन गरेका सीपमूलक कार्यक्रमहरू उनीहरूका लागि ठूलो अवसर हुन्। हामीले किसानहरूका लागि फलफूल खेती, सामुदायिक कृषि फार्मलगायत विभिन्न आर्थिक उपार्जनका कार्यक्रम ल्याएका छौँ। अब यो ड्राइभिङ तालिमले पनि युवाहरूलाई आत्मनिर्भर बन्न मद्दत गर्नेछ।”

दक्ष चालक उत्पादनमा प्रतिबद्धता

ड्राइभिङ स्कुलका संचालक राजन अधिकारीले भूम्लु गाउँपालिकालाई धन्यवाद दिँदै भने, “हामी यातायात व्यवस्था विभागको मापदण्डअनुसार प्रशिक्षार्थीहरूलाई दक्ष र योग्य बनाउनेछौँ।”

भूम्लु गाउँपालिकाको यो पहलले युवाहरूलाई आयआर्जनको अवसर सिर्जना गर्दै आत्मनिर्भर बनाउन मद्दत गर्ने विश्वास गरिएको छ। सीपमूलक कार्यक्रमहरू मार्फत स्वरोजगारलाई प्रवर्द्धन गर्ने स्थानीय सरकारको प्रयास सराहनीय छ।


  • Jigyasa media

थप