Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

भिडियोको दुरुपयोग गरी युवतीको चरित्रहत्या गर्ने पक्राउ

साइबर अपराधमार्फत ब्ल्याकमेलिङ, मानसिक यातना र बदनाम गर्ने कार्यमा संलग्न युवक कारवाहीमा

  •   १ वर्ष अघि | २८ चैत्र २०८१, बिहिबार

काठमाडौं — प्रेम सम्बन्धमा रहँदा प्राप्त गोप्य भिडियोको दुरुपयोग गर्दै युवतीलाई मानसिक यातना दिने र चरित्र हत्या गर्ने एक युवकलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको छ।

प्रहरीका अनुसार ललितपुर महानगरपालिका–४, शान्तिपुर मार्ग बस्ने २४ वर्षीय आयुष अधिकारी पक्राउ परेका हुन्। पीडित युवतीले सामाजिक सञ्जालमार्फत चिनजान भई प्रेम सम्बन्ध बनेपछि पठाएको निजी भिडियो, सम्बन्ध विच्छेदपछि दुरुपयोग गरेर ब्ल्याकमेल गर्ने, धम्क्याउने र यौन प्रस्ताव राख्ने कार्यमा उनी संलग्न रहेको उजुरी परेको थियो।

पीडितले उजुरीमा उल्लेख गरेअनुसार — अधिकारीले गोप्य भिडियो देखाएर पैसा माग्ने, आपत्तिजनक शब्द प्रयोग गर्दै शारीरिक सम्बन्धको दबाब दिने, अस्वीकार गरेमा भिडियो सामाजिक सञ्जालमा भाइरल गरिदिने धम्की दिने कार्यले उनी निरन्तर मानसिक तनावमा थिइन्।

नेपाल प्रहरीको साइबर ब्युरोले चैत २६ गते उनलाई पक्राउ गरेको हो। निजविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा कारबाही भइरहेको छ। काठमाडौं जिल्ला अदालतबाट ४ दिनको म्याद थप गरिएको साइबर ब्युरोका सूचना अधिकारी डीएसपी दीपकराज अवस्थीले जानकारी दिएका छन्।

प्रहरीले आम सर्वसाधारणलाई डिजिटल मञ्चहरूमा गोप्यता, सुरक्षा र सतर्कता अपनाउन आग्रह गर्दै यस्ता कार्यहरूलाई गम्भीर आपराधिक कृत्य मानेर कारबाही गर्ने जनाएको छ।

  • Jigyasa media

थप