Breaking News
पहिरोले स्काभेटर पुरिँदा चालकको मृत्यु, काभ्रेमा दर्दनाक दुर्घटना    ||     बीपी राजमार्गमा राति सवारी चलाउन रोक, प्रशासनको निर्देशन    ||     सुनचाँदीको मूल्यमा व्यापक गिरावट, तीन दिनमै तोलामा ५१ सय रुपैयाँ घट्यो सुन    ||     आज देशभर आंशिकदेखि पूर्ण बदली, पहाडी भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना    ||     लिपुलेक विवादमा भारतको जवाफ: ‘पुरानो मार्ग, नयाँ विषय होइन’    ||     शारदा मावि पूर्व विद्यार्थी समाजमा तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति घोषणा    ||     पहिरोको कहर: ३ प्रमुख राजमार्ग पूर्ण अवरुद्ध, यात्रु बीचमै अलपत्र    ||     नेपालमा एकसाथ ४ मौसम प्रणाली सक्रिय, देशभर चट्याङ, असिना र वर्षाको उच्च सम्भावना    ||     काभ्रेली स्रष्टा प्रदीप सापकोटा सम्मानित    ||     ७ वर्षपछि खुल्यो रहस्य: ‘दुर्घटना’ भनिएको घटनामा श्रीमतीसहित परिवारकै संलग्नता, तीन महिला पक्राउ    ||    

भारतमा पक्राउ परेका दुर्गा प्रसाईं भद्रपुर हुँदै काठमाडौं ल्याइँदै

  •   १ वर्ष अघि | २९ चैत्र २०८१, शुक्रबार

काठमाडौं, चैत २९, २०८१

तीनकुने घटनाका मुख्य अभियुक्त दुर्गा प्रसाईंलाई आज विमानमार्फत झापाको भद्रपुरबाट राजधानी काठमाडौं ल्याइँदै छ। भारतको आसाम राज्यमा बिहीबार पक्राउ परेका प्रसाईंलाई तत्काल काठमाडौं ल्याउने तयारी भइरहेको स्रोतले जनाएको छ।

चैत १५ गते राजधानीको तीनकुने क्षेत्रमा राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शनका क्रममा दुईजनाको ज्यान गएपछि प्रसाईं फरार भएका थिए। त्यसयता उनी भारततिर भागेका थिए भन्ने सूचना पाएपछि नेपाल प्रहरीले अन्तरदेशीय समन्वयमार्फत खोजी तीव्र पारेको थियो।

फरार अवस्थामै सामाजिक सञ्जाल प्रयोग

फरार रहँदा उनले दुईवटा भिडियो सन्देश सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए। ती भिडियोहरूमा उनले आफू नेपालमै रहेको दाबी गरे पनि अनुसन्धानले उनी भारतमै रहेको पुष्टि गर्‍यो। प्रसाईंको लोकेसन पत्ता लगाइएपछि नेपाल प्रहरीको विशेष ब्युरोको टोली भारतसम्म पुगेको थियो।

गोप्य निगरानी र पक्राउ प्रक्रिया

विशेष सूचनाको आधारमा ब्युरो टोली आसामस्थित सम्भावित स्थानमा पुगिसकेको थियो। प्रहरीको उपस्थितिको जानकारी पाएपछि उनी केही समय मोबाइल र सामाजिक सञ्जालसमेत बन्द गरेर लुकेका थिए। तर बुधबार फेरि सामाजिक सञ्जालमा देखिएपछि उनको ठेगाना पत्ता लाग्यो र बिहीबार अन्ततः उनी पक्राउ परे।

पक्राउ परेपछि उनलाई भारतबाट नेपाल ल्याउने प्रक्रिया सुरु गरिएको हो। उनलाई भद्रपुर विमानस्थल हुँदै आजै काठमाडौं पुर्‍याइने जनाइएको छ।

  • Jigyasa media

थप