Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

काठमाडौँ उपत्यकामा बिहानैदेखि बादल, मध्यमसम्म वर्षा हुने सम्भावना

  •   ५ महिना अघि | १६ बैशाख २०८३, बुधबार

काठमाडौं । काठमाडौँ उपत्यकामा आज (बुधबार) पनि वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार उपत्यकामा हल्कादेखि मध्यमसम्म वर्षा हुन सक्ने देखिएको हो।

मौसमविद् सरोज पुडासैनीका अनुसार बिहानैदेखि उपत्यकाको आकाश बादलले ढाकिएको छ र दिनभरि मौसम यस्तै रहने सम्भावना छ। हाल उपत्यकाको भिजिबिलिटी (दृश्यता) करिब ६ हजार मिटर रहेको छ।

आज बिहान ५:४५ बजेको प्रारम्भिक मापनअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १७.४ डिग्री सेल्सियस रहेको छ। यद्यपि, वास्तविक न्यूनतम तापक्रम बिहान ८:४५ बजे मापन गरिने भएकाले यो तापक्रम केही घट्न सक्ने वा यथावत् रहन सक्ने अनुमान गरिएको छ।

हिजो (मंगलबार) उपत्यकाको न्यूनतम तापक्रम १८.४ डिग्री सेल्सियस र अधिकतम तापक्रम २७.५ डिग्री सेल्सियस मापन गरिएको थियो।

मौसम महाशाखाले देशभरको विस्तृत मौसम पूर्वानुमान भने बिहान ८ बजे सार्वजनिक गर्ने जनाएको छ।

  • Jigyasanepal

थप