Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

देशभर मौसममा फेरबदल : पहाड–हिमालतिर मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  •   १ वर्ष अघि | २५ बैशाख २०८२, बिहिबार

२५ वैशाख, काठमाडौं । नेपालमा आज पनि पश्चिमी वायु र स्थानीय प्रणालीको दोहोरो प्रभाव कायमै रहेको छ भने बङ्गालको खाडी र अरब सागरबाट भित्रिएको जलवाष्पयुक्त हावाले मौसमलाई थप अस्थिर बनाएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार, दिउँसो देशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ भने तराई र अन्य क्षेत्रको मौसम भने प्रायः सफा रहनेछ। विशेषगरी पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना प्रबल छ।

त्यसैगरी, उच्च हिमाली क्षेत्रमा आंशिक हिमपातसमेतको पूर्वानुमान गरिएको छ। मौसमविद्हरूले सतर्कता अपनाउन आग्रह गरेका छन्, विशेषतः लामो दूरीका यात्रु र ग्रामीण क्षेत्रका बासिन्दालाई।

रातिको समयमै पनि पहाडी भू–भागमा बादलको प्रभाव देखिनेछ भने एक–दुई स्थानमा मेघगर्जन र हल्का वर्षा र हिमपात हुने सम्भावना छ। यसरी, मौसम फेरबदलको यो चक्रसँगै सतर्क रहन मौसम विभागले सबैलाई अनुरोध गरेको छ।

  • Jigyasanepal

थप