Breaking News
प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||    

आज देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना, पश्चिमी वायु सक्रिय

  •   ११ महिना अघि | १८ कार्तिक २०८२, मङ्लबार

काठमाडौँ, कात्तिक १८, २०८२ मङ्गलबार

नेपालमा हाल सक्रिय पश्चिमी वायुको प्रभावका कारण देशका विभिन्न भागमा आज वर्षा र हिमपातको सम्भावना देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ।

महाशाखाले दिएको विवरणअनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। साथै बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा पनि हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ।

तराईका क्षेत्रहरूमा समेत मौसम परिवर्तनको प्रभाव पर्ने देखिएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा दिउँसो हल्का वर्षा हुने सम्भावना रहेको मौसमविद्हरूले जनाएका छन्।

महाशाखाका अनुसार राति पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड तथा हिमाल क्षेत्रका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा/हिमपात हुने सम्भावना कायम छ। बाँकी पहाडी भूभागका एक–दुई स्थानमा समेत हल्का वर्षा हुने पूर्वानुमान गरिएको छ।

विशेषगरी उच्च हिमाली र पहाडी क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन सुझाव दिइएको छ। हिमपातका कारण यात्रु र आरोहीहरूलाई थप सावधानी अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।

वातावरणीय परिवर्तनका यस्ता प्रभावसँगै आगामी केही दिनसम्म मौसममा उतारचढाव रहने सम्भावना रहेको महाशाखाको निष्कर्ष छ।

  • Jigyasanepal

थप