Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

तीव्र गतिमा आएको मोटरसाइकल रोकिराखेको ट्याक्टरमा ठोकिँदा एकजनाको मृत्यु, एक गम्भीर घाइते

  •   ११ महिना अघि | ७ मंसिर २०८२, आइतवार

मंसिर ७, आइतबार – झापा

झापाको मेचीनगर नगरपालिका–१५, हेल्दुबारीस्थित भित्री सडकखण्डमा गएराति भएको दुःखद दुर्घटनाले स्थानीय क्षेत्र शोकमा डुबेको छ। भद्रपुरबाट इटाभट्टातर्फ तीव्र गतिमा आउँदै गरेको प्र.१–०१–०१३ प. ३३३६ नम्बरको मोटरसाइकल रोकिराखिएको प्रदेश १–०१–००१ त. ९९७७ नम्बरको ट्याक्टरमा पछाडिबाट ठोकिँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

प्रहरीका अनुसार मोटरसाइकल चालक ३८ वर्षीय बिनोद राउत को उपचारकै क्रममा मृत्यु भएको हो। दुर्घटनापछि उनलाई प्रादेशिक अस्पताल भद्रपुरमा प्रारम्भिक उपचार गरी थप उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो। तर चिकित्सकहरूले गएराति नै उनलाई बचाउन नसकेको पुष्टि गरेका छन्।

त्यही मोटरसाइकलमा पछाडि सवार २१ वर्षीय निश्चल भुजेल गम्भीर घाइते भएका छन्। उनको पनि बीएण्डसी अस्पतालमै उपचार जारी छ।

दुर्घटनापछि प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। प्रारम्भिक अनुमान अनुसार तीव्र गति र रातको कम दृश्यताले दुर्घटना निम्त्याएका हुन्।

स्थानीयले सडक किनारमा भारी सवारी साधन रोक्दा पर्याप्त सुरक्षाकवच (साइड लाइट, रिफ्लेक्टर, चेतावनी चिन्ह) नलगाउने बानीकै कारण यस्ता दुर्घटना बढेको बताउँदै तत्काल ट्राफिक सुरक्षा कडाइ गर्न माग गरेका छन्।

  • Jigyasanepal

थप