Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

कोसीदेखि गण्डकीसम्म मेघगर्जनसहित वर्षाको सम्भावना, हिमाली क्षेत्रमा हिमपातको चेतावनी

  •   १ वर्ष अघि | २ जेष्ठ २०८२, शुक्रबार

काठमाण्डौ । देशमा फेरि मौसम बद्लिँदै छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर पश्चिमी वायु, स्थानीय प्रणाली र बंगालको खाडी तथा अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव सक्रिय छ। यसको असरस्वरूप देशका विभिन्न भूभागमा मेघगर्जन, चट्याङसहित वर्षा भइरहेको छ।

शुक्रबार साँझ ६ बजे महाशाखाले जारी गरेको बुलेटिनअनुसार अहिलेको समय (शुक्रबार साँझ) बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक-दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार राति कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै ठाउँहरूमा र अन्य प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जनसहित वर्षा हुने प्रबल सम्भावना रहेको छ।

यस्तै, कोसी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगहरूमा हल्का वर्षासँगै हिमपातको सम्भावना पनि महाशाखाले औंल्याएको छ।

यसै सन्दर्भमा महाशाखाले चट्याङ र अचानक वर्षाको सम्भावना रहेको भन्दै सतर्क रहन जनसाधारणलाई आग्रह गरेको छ। पर्वतीय यात्रु तथा हिमाली क्षेत्रमा जान चाहनेहरूलाई आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।

  • Jigyasanepal

थप