Breaking News
पहिरोले स्काभेटर पुरिँदा चालकको मृत्यु, काभ्रेमा दर्दनाक दुर्घटना    ||     बीपी राजमार्गमा राति सवारी चलाउन रोक, प्रशासनको निर्देशन    ||     सुनचाँदीको मूल्यमा व्यापक गिरावट, तीन दिनमै तोलामा ५१ सय रुपैयाँ घट्यो सुन    ||     आज देशभर आंशिकदेखि पूर्ण बदली, पहाडी भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना    ||     लिपुलेक विवादमा भारतको जवाफ: ‘पुरानो मार्ग, नयाँ विषय होइन’    ||     शारदा मावि पूर्व विद्यार्थी समाजमा तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति घोषणा    ||     पहिरोको कहर: ३ प्रमुख राजमार्ग पूर्ण अवरुद्ध, यात्रु बीचमै अलपत्र    ||     नेपालमा एकसाथ ४ मौसम प्रणाली सक्रिय, देशभर चट्याङ, असिना र वर्षाको उच्च सम्भावना    ||     काभ्रेली स्रष्टा प्रदीप सापकोटा सम्मानित    ||     ७ वर्षपछि खुल्यो रहस्य: ‘दुर्घटना’ भनिएको घटनामा श्रीमतीसहित परिवारकै संलग्नता, तीन महिला पक्राउ    ||    

गुवाहाटीबाट सीमासम्म: दुर्गा प्रसाईँलाई भारतीय प्रहरीले ‘सुरक्षा साथ’ पुर्‍याएको समितिको दाबी

“प्रसाईं पक्राउ परेका होइनन्, सुरक्षाका लागि आफैँ पुगेका थिए” – समिति प्रवक्ता स्वागत नेपाल

  •   १ वर्ष अघि | २९ चैत्र २०८१, शुक्रबार

काठमाडौँ, चैत २९–

तीनकुने घटनापछि फरार रहेका अभियानकर्मी दुर्गा प्रसाईँ भारतको गुवाहाटीबाट नेपाली सीमासम्म भारतीय प्रहरीले सुरक्षा दिँदै पुर्‍याएको दाबी गरिएको छ। राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिले एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो।

समितिका प्रवक्ता स्वागत नेपालका अनुसार, दुर्गा प्रसाईंले भारतको आसाम राज्यको गुवाहाटीमा आफू स्वयं भारतीय प्रहरीसमक्ष उपस्थित भएर ज्यानको सुरक्षाका लागि नेपालसम्म पुर्‍याइदिन अनुरोध गरेका थिए। त्यसैअनुसार भारतीय प्रहरीले गम्भीर रूपमा लिएको सुरक्षा व्यवस्थाबीच उनलाई नेपाल-भारत सीमासम्म ल्याइपुर्‍याएको हो।

समितिले प्रसाईंको यो कदमलाई आत्मसमर्पण नभई सुरक्षाको आग्रह स्वरूप गरिएको कार्य भनेको छ। विज्ञप्तिमा भनिएको छ, “सरकारले शान्तिपूर्ण प्रदर्शनबाट लखेटेर फरार बनाएको आरोप लगाइरहेको बेला, उहाँ स्वेच्छाले नेपाल फर्किंदै हुनुहुन्छ। तर, उहाँको जीवन नै जोखिममा परेको हुनसक्ने आशंका बढेकोले सबै मानव अधिकारकर्मी, नागरिक समाज, पत्रकार र सरोकारवालाहरू उपस्थित भई सुरक्षा सुनिश्चित गर्न पहल लिनु आवश्यक छ।”

नेपाल प्रहरी भन्छ ।


स्वास्थ्य अवस्था गम्भीर, अदालतको तारिख पनि बाँकी

प्रसाईं क्यान्सरको बिरामी रहेको र अदालतमा उपस्थित हुनुपर्ने कानुनी प्रक्रिया बाँकी रहेको भन्दै उनलाई सुरक्षितरूपमा अस्पतालसम्म पुर्‍याउन र अदालतमा हाजिर गराउन सहयोग गर्न राष्ट्रिय मानव अधिकार आयोग र सरकारलाई समिति आवश्यक पहलका लागि आग्रह गरेको छ।

समितिले भारतीय प्रहरीले देखाएको सहयोगप्रति औपचारिक धन्यवाद व्यक्त गर्दै प्रसाईंको नेपाल फर्किन पाउने प्राकृतिक अधिकारको सम्मान गर्न सबै पक्षसँग अपिल गरेको छ।

प्रसाईंले आत्मसमर्पण गरेका होइनन्, सुरक्षा माग गर्दै पुगेका थिए

भारतको गुवाहाटीबाट सीमासम्म भारतीय प्रहरीले ल्याएको हो

नेपाल प्रवेशपश्चात् ज्यानको जोखिम रहेको आशंका

मानव अधिकार आयोग, सरकार र सरोकारवालासँग सुरक्षा सुनिश्चितताको आग्रह

क्यान्सर पीडित भएकाले अस्पताल र अदालतसम्म सुरक्षित पुर्‍याउन अनुरोध

चैत १५ गते काठमाडौँको तीनकुनेमा दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शन हिंसात्मक बनेपछि दुईजनाको मृत्यु भएको थियो। त्यही घटनापछि उनी फरार थिए र केही भिडिओमार्फत सामाजिक सञ्जालमा देखा परेका थिए।


  • Jigyasa media

थप