Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

देशभर बादलको घेराबन्दी, दिउँसो चार र राति पाँच प्रदेशसहित पहाडी भूभागमा वर्षाको सम्भावना

  •   १ वर्ष अघि | १० जेष्ठ २०८२, शनिबार

जिज्ञासा नेपाल, काठमाडौँ – २०८२ जेठ १०, शनिबार

आजको दिन देशभर मौसम फेरि पनि बदलिने संकेत देखिएको छ। मौसम पूर्वानुमान महाशाखाले दिएको ताजा अपडेटअनुसार, आज दिउँसो र राति देशका अधिकांश पहाडी क्षेत्र तथा केही तराई भूभाग समेत आंशिकदेखि सामान्य बदली रहनेछ भने वर्षाको सम्भावना पनि उच्च छ।

दिउँसोको पूर्वानुमान:
बिहान ६ बजे जारी बुलेटिनअनुसार, दिउँसो बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश सहितका पहाडी भेगहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ। साथै, देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुने सम्भावना पनि प्रक्षेपण गरिएको छ।

रातिको पूर्वानुमान:
रातिको समयमा मौसम अझ बढी सक्रिय हुने देखिएको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना प्रबल छ। साथै, कोशी, बागमती, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागमा समेत हल्का वर्षा र हिमपातको सम्भावना गरिएको छ।

वर्षाको मापदण्ड यस्ता छन्:

  • १० मिमी भन्दा कम वर्षा : हल्का
  • १०–५० मिमी वर्षा : मध्यम
  • ५०–१०० मिमी वर्षा : भारी
  • १००–२०० मिमी वर्षा : धेरै भारी
  • २०० मिमी भन्दा माथि : अति भारी वर्षा

मौसमविद् भन्छन् –
"एक–दुई स्थानमा वर्षा" भन्नाले सो भूभागको २५ प्रतिशतभन्दा कम, "थोरै स्थानमा वर्षा" भनेको २५–३० प्रतिशत र "केही स्थानमा वर्षा" भनेको ५० प्रतिशतसम्मको क्षेत्रमा वर्षा हुने संकेत हो।

यात्रा, खेतीपाती वा अन्य बाहिरी गतिविधिमा संलग्न नागरिकहरूले मौसमको ताजा अवस्थाबारे सचेत रहनु आवश्यक छ। सम्भावित चट्याङ, मेघगर्जन र हिमपातका कारण सतर्कता अपनाउनु बुद्धिमानी हुनेछ।

जिज्ञासा नेपाल – सूचना, चेतना र विश्वसनीयताको आवाज click गरी तत्कालै नयाँ सूचना पाउनुहोस् ।

  • Jigyasanepal

थप