Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

केही ठाउँमा चट्याङसहित वर्षा, कतै हल्का हिमपात– यस्तो छ पछिल्लो मौसमको विवरण

  •   १ वर्ष अघि | २३ बैशाख २०८२, मङ्लबार

काठमाडौं, वैशाख २३ – देशका विभिन्न स्थानमा फेरि एकपटक बादलले घेरिएको छ। केही ठाउँमा चट्याङसहित वर्षा, कतै हल्का हिमपात– यस्तो छ पछिल्लो मौसमको विवरण मौसमविद्हरू भन्छन्– ‘अहिलेको मौसम अझ केही दिन यस्तै रहन सक्छ, तर यो मनसुन भने हैन।’

मौसमविद् शान्ति कँडेलका अनुसार हाल देशमा पश्चिमी वायु, स्थानीय प्रणाली तथा बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव सक्रिय रहेको छ। यसकै कारण केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हो।

‘मनसुन सुरु हुन अझै समय लाग्छ’

‘मनसुन सुरु नहुँदासम्म यस्तै वर्षा भइरहन्छ त?’ भन्ने प्रश्नमा मौसमविद् कँडेलको जवाफ छ – “निरन्तर वर्षा हुने भन्ने होइन, अहिलेको वर्षा प्रि–मनसुनको असर मात्र हो। तर, मनसुन सुरु हुनका लागि चाहिने वातावरण भने बिस्तारै तयार हुँदैछ।”

नेपालमा औसत रूपमा मनसुन जुन १३ तारिखतिर सुरु हुने गर्दछ। त्यो मितिमा अझै ३६ दिन बाँकी छ।

आजको मौसमी पूर्वानुमान यस्तो छ:

दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली, पहाडी भूभागका थोरै स्थानमा र बाँकी भूभागका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना।

हिमाली क्षेत्र: थोरै स्थानमा हल्का वर्षा र हिमपात सम्भव।

काठमाडौं उपत्यका: बिहानैदेखि बादल लागे पनि वर्षा नभई दिउँसो १–२ बजेपछि हल्का वर्षा हुने संकेत।

राति: कोसी, गण्डकी, सुदूरपश्चिमका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली, बाँकी भागमा मुख्यतया सफा मौसम।

‘देशका सबै ठाउँमा वर्षा नहुन सक्छ, तर सातवटै प्रदेशमा आइसोलेटेड वर्षा सम्भावित’, कँडेल स्पष्ट पार्छिन् ।

  • Jigyasanepal

थप