Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

काठमाडौँको न्यूनतम तापक्रम बढ्दो क्रममा, आज सुरुवाती मापनमा ८ डिग्री सेल्सियस

  •   ८ महिना अघि | २१ माघ २०८२, बुधबार

काठमाडौँ – काठमाडौँ उपत्यकामा चिसो क्रमशः कम हुँदै गएको संकेत देखिएको छ। आज (बुधबार) बिहान गरिएको सुरुवाती मापनमा काठमाडौँको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस पुगेको छ।

मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार बिहान ५:४५ बजे मापन गर्दा काठमाडौँको न्यूनतम तापक्रम ८.० डिग्री सेल्सियस रेकर्ड गरिएको हो।

यसअघिल्लो दिन अर्थात् मंगलबार यही समयमा काठमाडौँको न्यूनतम तापक्रम ६.१ डिग्री सेल्सियस थियो। यद्यपि मंगलबार बिहान ८:४५ बजे गरिएको आधिकारिक मापनमा न्यूनतम तापक्रम अझ घटेर ५.८ डिग्री सेल्सियस कायम भएको थियो।

आज पनि काठमाडौँको आधिकारिक न्यूनतम तापक्रम बिहान ८:४५ बजे मापन गरिने मौसम महाशाखाले जनाएको छ। उक्त समयमा सुरुवाती मापनको तुलनामा तापक्रम केही घट्न सक्ने सम्भावना रहेको बताइएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम दैनिक रूपमा नियमित मापन गरिँदै आएको छ।

न्यूनतम तापक्रम बिहान ८:४५ बजे

अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।

न्यूनतम तापक्रम दिनभरिमा सबैभन्दा तल झरेको तापक्रमलाई जनाउँछ भने अधिकतम तापक्रम सबैभन्दा माथि पुगेको तापक्रम हो।

हाल काठमाडौँ उपत्यकामा बिहान र बेलुकाको चिसो अझै महसुस भए पनि तापक्रममा क्रमिक सुधार देखिन थालेको मौसमविद्हरूको भनाइ छ।

  • Jigyasanepal

थप