Breaking News
आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||    

आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान

  •   १ घण्टा अघि | २४ असोज २०८३, शनिबार

तस्बिर: AI 

काठमाडौं । केही दिनदेखि प्रभावित मौसम आज (शनिबार) देखि क्रमशः सुधार हुने सम्भावना देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि वर्षा हुने क्रम उल्लेख्य रूपमा घट्ने अनुमान गरिएको छ।

महाशाखाले सार्वजनिक गरेको पूर्वानुमानअनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षा हुनसक्नेछ।

त्यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा समेत वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

राति भने वर्षा र हिमपातको सम्भावना सीमित क्षेत्रमा मात्र रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ

यसैबीच, तराईका केही स्थानमा बिहानपख हुस्सु लाग्नसक्ने महाशाखाले जनाएको छ।

समग्रमा आजदेखि वर्षाको गतिविधि घट्दै जाने र मौसममा क्रमिक सुधार हुने संकेत देखिएको छ। यद्यपि केही स्थानमा वर्षा कायमै रहन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनुपर्नेछ।

  • Jigyasanepal

थप