Breaking News
दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||    

चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी

  •   १ हप्ता अघि | १० असोज २०८३, शनिबार

काठमाडौँ, असोज १० । पछिल्लो १२ घण्टामा देशका चार प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा भएको हो।

महाशाखाका अनुसार गुल्मीको भार्से मौसम मापन केन्द्रमा पछिल्लो १२ घण्टामा ११४ मिलिमिटर वर्षा मापन भएको छ।

शनिबार बिहान साढे ६ बजे सार्वजनिक गरिएको विवरणअनुसार कोशी, मधेस र बागमती प्रदेशका धेरै स्थानमा भने हल्कादेखि मध्यम वर्षा भएको छ।

कति वर्षालाई हल्का, मध्यम र भारी भनिन्छ?

मौसमविद्का अनुसार २४ घण्टामा परेको वर्षाको मात्राका आधारमा वर्षालाई विभिन्न तहमा वर्गीकरण गरिन्छ।

१० मिलिमिटरभन्दा कम — हल्का वर्षा

१० देखि ५० मिलिमिटरभन्दा कम — मध्यम वर्षा

५० देखि १०० मिलिमिटरभन्दा कम — भारी वर्षा

१०० देखि २०० मिलिमिटरभन्दा कम — धेरै भारी वर्षा

२०० मिलिमिटरभन्दा बढी — अति भारी वर्षा

‘एक–दुई’, ‘केही’, ‘धेरै’ र ‘अधिकांश स्थान’ भनेको के हो?

मौसम पूर्वानुमानमा प्रयोग हुने यी शब्दले वर्षा हुने सम्भावित भूभागको प्रतिशत जनाउँछन्।

एक–दुई स्थान — १० प्रतिशतभन्दा कम भूभागमा वर्षा हुने सम्भावना

थोरै स्थान — १० देखि ३० प्रतिशत भूभाग

केही स्थान — ३० देखि ५० प्रतिशत भूभाग

धेरै स्थान — ५० देखि ८० प्रतिशत भूभाग

अधिकांश स्थान — ८० प्रतिशतभन्दा बढी भूभाग

यसरी मौसम महाशाखाले वर्षाको मात्रा र प्रभावित हुने सम्भावित भूभागको क्षेत्रफलका आधारमा पूर्वानुमानमा फरक–फरक शब्द प्रयोग गर्ने गर्दछ।

  • Jigyasanepal

थप