Breaking News
पहाड र हिमालमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा चट्याङसहित पानी पर्ने चेतावनी    ||     डेङ्गीको जोखिम बढ्दै, सरकारद्वारा १३ स्थानीय तहलाई विशेष सतर्कता पत्र    ||     एसईईको नतिजा केही दिनमै सार्वजनिक हुने, वैशाखभित्रै नतिजा ल्याउने तयारी    ||     तुइनखोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक फेरि अवरुद्ध, यात्रु बीचमै अलपत्र    ||     बुटवलमा सुकुम्बासीको चेतावनी: ‘बस्तीमा डोजर चले जनप्रतिनिधिको घर पनि सुरक्षित रहँदैन’    ||     दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई जना घाइते    ||     बर्खा लाग्यो, तर मुस्ताङमा हिउँ पर्न छाडेन    ||     आज कोशीदेखि लुम्बिनीसम्म वर्षाको सम्भावना, मेघगर्जन–चट्याङको चेतावनी    ||     बैंक खाताबाट रकम चोरी बढ्दो, अनधिकृत लिंक नखोल्न प्रहरीको चेतावनी    ||     घरबाट हराएकी महिला शिवपुरीमा गाडिएको अवस्थामा भेटिइन्, हत्यामा संलग्न आरोपमा युवक पक्राउ    ||    

एसईईको नतिजा केही दिनमै सार्वजनिक हुने, वैशाखभित्रै नतिजा ल्याउने तयारी

  •   १९ घण्टा अघि | २५ बैशाख २०८३, शुक्रबार

काठमाडौं, वैशाख २५ — यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा अब केही दिनमै सार्वजनिक हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यालय कक्षा–१० ले नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको जनाएको छ।

परीक्षा नियन्त्रक तुकराज अधिकारी का अनुसार वैशाख २७ गतेपछि जुनसुकै दिन नतिजा सार्वजनिक हुन सक्नेछ। उनले वैशाख ३० गतेभन्दा ढिलो नहुने स्पष्ट पारे।

उनले नेपालखबरसँग कुरा गर्दै “एसईईको रिजल्ट सार्वजनिक गर्न आवश्यक अन्तिम गृहकार्य भइरहेको छ। नतिजा प्रशासित गर्ने विषयमा आज पनि विभिन्न पक्षसँग छलफल गरिएको छ,” बताएका छन्।

शिक्षा मन्त्रालय ले पनि वैशाखभित्रै नतिजा सार्वजनिक गर्न बोर्डलाई निर्देशन दिएको छ।

यस वर्षको एसईई परीक्षा चैत १९ गतेदेखि सुरु भएर चैत २९ गते सम्पन्न भएको थियो। परीक्षामा कुल ५ लाख १२ हजार ४२१ विद्यार्थी सहभागी भएका थिए। तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ तथा ग्रेड वृद्धितर्फ ७० हजार ८५५ विद्यार्थी रहेको बोर्डले जनाएको छ।

अघिल्ला वर्षहरूमा एसईईको नतिजा सार्वजनिक हुन करिब तीन महिना लाग्ने गरेको थियो। तर यसपटक सरकारले परीक्षा सम्पन्न भएको करिब एक महिनामै नतिजा ल्याउने तयारी गरेको हो।

गत वर्ष चैत दोस्रो सातामा परीक्षा सकिए पनि नतिजा असार १३ गते मात्र प्रकाशित भएको थियो। यस वर्ष भने नतिजा छिटो सार्वजनिक हुने भएपछि विद्यार्थी र अभिभावकमा उत्सुकता बढेको छ।

  • Jigyasanepal

थप