Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

बाढीको वितण्डा : मृतकको संख्या ५४७ पुग्यो, ३ हजार ७४२ जनाको उद्धार

  •   १ महिना अघि | १२ भदौ २०८३, शुक्रबार

काठमाडौं, भदौ १२ । भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ५४७ पुगेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढी प्रभावित विभिन्न क्षेत्रबाट हालसम्म ५४७ जनाको शव फेला परेको हो।

बाढीपछि ठूलो संख्यामा मानिस सम्पर्कविहीन छन्। प्रहरीका अनुसार ९७७ जना अझै सम्पर्कविहीन रहेका छन्। तीमध्ये ५१७ जना विदेशी नागरिक तथा नेपाल भ्रमणमा आएका विदेशमा बस्ने १२७ जना नेपाली समेत छन्।

सम्पर्कविहीन हुनेमा सुरक्षाकर्मी तथा सरकारी कर्मचारीसमेत छन्। विवरणअनुसार नेपाल प्रहरीका २८, नेपाली सेनाका ४५ र सशस्त्र प्रहरी बलका १३ जना सम्पर्कविहीन छन्। त्यस्तै, भन्सार कार्यालयका १५ तथा अध्यागमन कार्यालयका ४ जना कर्मचारीको पनि अवस्था अझै अज्ञात रहेको जनाइएको छ।

३ हजार ७४२ जनाको उद्धार

विपद्मा फसेका ३ हजार ७४२ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ। हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौं ल्याइएका घाइतेमध्ये उपचारपछि ९४ जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।

उद्धार तथा खोजी कार्यलाई तीव्रता दिन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित निजी क्षेत्रका हवाई साधन परिचालन गरिएको छ।

उद्धार अभियानमा नेपाली सेना र निजी क्षेत्रका ७८ वटा हवाई उडान भएका छन्। त्यस्तै, ४ हजार ४७३ जना नेपाल प्रहरी, ६ हजार ६९६ जना नेपाली सेना र ६ हजार ३५८ जना सशस्त्र प्रहरी परिचालन गरिएको विवरणमा उल्लेख छ।

बाढीले ठूलो मानवीय क्षतिसँगै सडक, पुल, बस्ती तथा भौतिक संरचनामा समेत व्यापक क्षति पुर्‍याएको छ। बेपत्ताको खोजी, शव पहिचान तथा उद्धार कार्य अझै जारी रहेकाले मृतक र बेपत्ताको संख्या थप बढ्न सक्ने अधिकारीहरूले बताएका छन्।

  • Jigyasanepal

थप