Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

  •   ३ हप्ता अघि | ३१ भदौ २०८३, बुधबार

३१ भदौ, काठमाडौं । देशका अधिकांश भूभागमा बुधबार पनि मौसम बदली रहने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ।

दिउँसो कोशी प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्रका साथै बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान छ।

यसैगरी कोशी र बागमतीका हिमाली क्षेत्रका केही स्थान तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

पहाडदेखि तराईसम्म वर्षाको सम्भावना

दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ।

त्यस्तै, मधेशसहित कोशी, बागमती र गण्डकीका तराई क्षेत्रमा केही स्थान तथा लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागका थोरै स्थानमा पनि मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

राति पनि मौसम बदली रहने

रातिको समयमा पनि देशभर मौसम साधारणतया बदली रहने विभागको पूर्वानुमान छ।

राति कोशी, बागमती र गण्डकीका हिमाली भूभागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुनसक्नेछ।

पहाडी क्षेत्रमा पनि वर्षाको सम्भावना कायमै रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षा हुनसक्ने विभागले जनाएको छ।

यस्तै, मधेश तथा कोशी, बागमती र गण्डकीका तराई भूभागका केही स्थान र लुम्बिनी तथा सुदूरपश्चिमका तराई भूभागका थोरै स्थानमा समेत मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

वर्षाको सम्भावना रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।

  • Jigyasanepal

थप