Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

अर्घाखाँचीमा दर्शनार्थी बोकेको बस दुर्घटना, २ जनाको मृत्यु, २२ घाइते

  •   ५ महिना अघि | २९ बैशाख २०८३, मङ्लबार

अर्घाखाँची — अर्घाखाँचीको पाणिनी गाउँपालिका क्षेत्रमा दर्शनार्थी बोकेको बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने २२ जना घाइते भएका छन्। दुर्घटनापछि घटनास्थलमा उद्धार तथा उपचार कार्य तीव्र रूपमा अघि बढाइएको छ।

प्रहरीका अनुसार पाणिनी गाउँपालिका–८ दुर्गाफाँट कुडुले क्षेत्रमा पर्वतबाट सुपा देउराली दर्शन गरेर फर्किंदै गरेको ग१ध ५०४ नम्बरको बस दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँची का प्रमुख प्रहरी नायब उपरीक्षक दिवसबहादुर जिसी का अनुसार दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। मृतकहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका २२ जनाको उद्धार गरी उपचारका लागि पाल्पा जिल्ला तथा अर्घाखाँची अस्पतालतर्फ पठाउने क्रम जारी रहेको छ। केही घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ।

अच्युत गौतम ले स्थानीय बासिन्दा, प्रहरी र सुरक्षाकर्मीको संयुक्त प्रयासमा उद्धार कार्य जारी रहेको जानकारी दिएका छन्।

प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरेको जनाएको छ। घुमाउरो र साँघुरो सडक, वर्षासँगै चिप्लो बनेको बाटो तथा बसको अवस्था लगायत पक्षबारे अनुसन्धान भइरहेको छ।

दुर्घटनापछि स्थानीय क्षेत्रमा शोक छाएको छ भने सुपा देउराली दर्शनका लागि गएका यात्रुहरू दुर्घटनामा परेपछि यात्रु सुरक्षामाथि फेरि प्रश्न उठेको छ।

  • Jigyasanepal

थप