Breaking News
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा, दिउँसोपछि थप सक्रिय हुने सम्भावना    ||     तारा सुवेदीको ‘अनभूतिका महक’ लोकार्पित    ||     तराईनजिक आयो मनसुनको रेखा, आज यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना    ||     विलाप    ||     आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||    

काठमाडौंमा आत्मदाह प्रयास गरेका व्यवसायी आश्विन राउतको उपचारकै क्रममा मृत्यु

  •   ३ हप्ता अघि | २७ असार २०८३, शनिबार

काठमाडौं। काठमाडौंको बुद्धनगरमा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका ४५ वर्षीय व्यवसायी आश्विन राउतको उपचारका क्रममा मृत्यु भएको छ। उनको शनिबार अपराह्न वीर अस्पतालमा निधन भएको अस्पतालले जनाएको छ।

उपचारमा संलग्न चिकित्सक डा. पीयूष दाहालका अनुसार राउतलाई अस्पताल ल्याउँदाकै अवस्था अत्यन्तै गम्भीर थियो। उनको शरीरको ६० प्रतिशतभन्दा बढी भाग जलेको थियो र उनी बेहोस अवस्थामा अस्पताल पुगेका थिए।

डा. दाहालका अनुसार प्रारम्भिक उपचारका क्रममा सीपीआर (कार्डियोपल्मोनरी रिससिटेसन) गरेर एकपटक मुटुको धड्कन फर्काइएको थियो। तर दोस्रो पटक मुटुको चाल रोकिएपछि चिकित्सकहरूको प्रयास सफल हुन सकेन र उनको मृत्यु भयो।

राउतले शनिबार बिहान काठमाडौं महानगरपालिका–१०, बुद्धनगरस्थित आफ्नै घरमा शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। आगलागीपछि प्रहरीले तत्काल उद्धार गरी उपचारका लागि वीर अस्पताल पुर्‍याएको थियो।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार पारिवारिक विवादका कारण उनले आत्मदाहको प्रयास गरेको देखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तीन दिनमा तीन आत्मदाह प्रयास

पछिल्ला तीन दिनमा देशका विभिन्न स्थानमा पेट्रोल छर्केर आत्मदाह गर्ने तीन घटना सार्वजनिक भएका छन्।

यसअघि मुगुका गणेश नेपालीले नगर प्रहरीसँग भएको विवादपछि आफ्नै शरीरमा आगो लगाएका थिए। उपचारकै क्रममा शुक्रबार वीर अस्पतालमा उनको मृत्यु भएको थियो।

त्यसैगरी सर्लाहीको गौडेता नगरपालिका–१० का ३५ वर्षीय विवेक मण्डलले शुक्रबार आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। गम्भीर घाइते मण्डललाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याई उपचार भइरहेको छ भने उनको अवस्था पनि चिन्ताजनक रहेको जनाइएको छ।

  • Jigyasanepal

थप