Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

सुनकोसीमा पौडी खेल्ने क्रममा दुई बालकको दुःखद मृत्यु

  •   ४ महिना अघि | ११ जेष्ठ २०८३, सोमवार

हेटौंडा । सिन्धुलीको सुनकोसी गाउँपालिकामा पौडी खेल्ने क्रममा सुनकोसी नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ। घटनाले स्थानीय बस्ती शोकमा डुबेको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार सुनकोसी गाउँपालिका–४ का ९ वर्षीय सफल पुलामी र सुनकोसी गाउँपालिका–५ का १० वर्षीय उकेश विकको ज्यान गएको हो। आइतबार दिउँसो साथीहरूसँग सित्खा पुल नजिक सुनकोसी नदीमा पौडी खेल्ने क्रममा उनीहरू डुबेका थिए।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खुर्कोट, प्रहरी चौकी रातामाटा, सशस्त्र प्रहरी बलको गोताखोर टोली, जनप्रतिनिधि तथा स्थानीयवासी खोजी कार्यमा जुटेका थिए। लामो खोजीपछि दुवै बालक नदी किनारमै मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

स्थानीयका अनुसार मृतक दुवै बालक स्थानीय प्रगतिशील माध्यमिक विद्यालयमा अध्ययनरत थिए। उनीहरूको असामयिक निधनपछि गाउँभर शोक छाएको छ भने परिवारजन भावविह्वल बनेका छन्।

वर्षायाम सुरु भएसँगै नदी तथा खोलामा पानीको बहाव बढ्दै जाने भएकाले बालबालिकालाई नदी किनारमा जान नदिन र विशेष सतर्कता अपनाउन प्रहरीले अभिभावकलाई आग्रह गरेको छ।

  • Jigyasanepal

थप