Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

  •   २ हप्ता अघि | ५ असोज २०८३, सोमवार

असोज ५, काठमाडौं । देशका अधिकांश भूभागमा सोमबार मौसम बदली रहने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुनुका साथै हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ।

दिउँसो हिमाली तथा पहाडी भूभाग, मधेश प्रदेश र बागमती तथा गण्डकीका तराई क्षेत्रमा सामान्यतया बदली रहनेछ। त्यस्तै, कोशी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ।

चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा वा हिमपात हुनसक्नेछ।

यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा समेत हुनसक्ने पूर्वानुमान छ।

तराई क्षेत्रमा पनि वर्षाको सम्भावना कायमै छ। मधेश तथा कोशी र बागमतीका तराई भूभागका थोरै स्थान तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुनसक्ने विभागले जनाएको छ।

राति पनि वर्षाको सम्भावना

राति कोशी, बागमती, गण्डकी र कर्णालीका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। लुम्बिनी र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रसहित देशका अधिकांश तराई भूभागमा भने आंशिक बदली रहने अनुमान छ।

रातिको समयमा पनि कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ।

त्यसैगरी मधेश तथा कोशी र बागमतीका तराई भूभागका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

  • Jigyasanepal

थप