Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

पछिल्लो २४ घण्टामा दाङमा सबैभन्दा बढी वर्षा, अमरपुरमा १०७ मिलिमिटर पानी

  •   ३ महिना अघि | ३ साउन २०८३, आइतवार

काठमाडौं। देशभर मनसुन सक्रिय रहँदा पछिल्लो २४ घण्टामा दाङको अमरपुरमा सबैभन्दा धेरै वर्षा मापन गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार अमरपुरमा १०७ मिलिमिटर वर्षा भएको हो।

विभागका मौसमविद् डेविड ढकालका अनुसार सोही अवधिमा सिन्धुपाल्चोकमा १०३ मिलिमिटर वर्षा र पश्चिम नवलपरासी (परासी) क्षेत्रमा ६९ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ।

मनसुनी प्रणाली सक्रिय रहेकाले देशका विभिन्न भागमा अझै वर्षा जारी रहने र केही स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

निरन्तरको वर्षासँगै नदी–खोलामा पानीको सतह बढ्ने, बाढी, पहिरो, डुबान तथा भूक्षयको जोखिम बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्। साथै, यात्रा गर्दा मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा पछ्याउन पनि अनुरोध गरिएको छ।

  • Jigyasanepal

थप