Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

काठमाडौँ उपत्यकामा बिहानै वर्षा, दिउँसोपछि फेरि पानी पर्ने सम्भावना

  •   ५ महिना अघि | ८ जेष्ठ २०८३, शुक्रबार

काठमाडौं । काठमाडौँ उपत्यकामा शुक्रबार बिहानैदेखि मौसम बदली भई विभिन्न स्थानमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान ५ बजेदेखि उपत्यकाका विभिन्न क्षेत्रमा हल्कादेखि मध्यम वर्षा सुरु भएको हो।

मौसमविद् सञ्जीव अधिकारीका अनुसार अहिले भइरहेको वर्षा क्षणिक प्रणालीका कारण भएको हो। उनले केही समयपछि मौसम क्रमिक रूपमा सुधार हुने बताए।

‘काठमाडौँका विभिन्न स्थानमा मध्यमसम्म वर्षा भइरहेको छ तर यो क्षणिक वर्षा गराउने खालको प्रणाली हो,’ मौसमविद् अधिकारीले बताएका छन्, ‘आधा घण्टा जति पछि मौसम क्रमिक रूपमा सुधार हुँदै जाने सम्भावना छ।’

यद्यपि मौसमविद्ले दिउँसोपछि फेरि मौसम बदली हुने र बिहीबारजस्तै अपराह्न वा साँझपख पुनः वर्षा हुन सक्ने सम्भावना रहेको बताएका छन्।

पछिल्ला केही दिनदेखि पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा बदली, मेघगर्जन र वर्षा भइरहेको छ। मौसमविद्ले आवश्यक सतर्कता अपनाउन तथा वर्षाका बेला सुरक्षित रहन सर्वसाधारणलाई आग्रह गरेका छन्।

  • Jigyasanepal

थप