Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

खोटाङमा हत्या आरोपमा एकै परिवारका तीन जना पक्राउ

मजदुरीको रकम विवादपछि खुकुरी प्रहार भएको प्रारम्भिक निष्कर्ष

  •   ३ महिना अघि | २७ असार २०८३, शनिबार

खोटाङ। खोटाङमा एक व्यक्तिको हत्या आरोपमा एकै परिवारका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। घरायसी तथा आर्थिक विवादका क्रममा खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार दिप्रुङ चुइचुम्मा गाउँपालिका–१, याम्खा निवासी ३८ वर्षीय ध्रुव अधिकारीको हत्या आरोपमा सोही स्थानका ५७ वर्षीय तीलकबहादुर सार्की, उनकी ५२ वर्षीया श्रीमती भोटीमाया सार्की र २२ वर्षीया छोरी सीता सार्की पक्राउ परेका हुन्।

प्रहरीका अनुसार घटनापछि मुख्य आरोपित तीलकबहादुरलाई तत्काल नियन्त्रणमा लिइएको थियो भने मृतकका आफन्तले श्रीमती र छोरीविरुद्ध किटानी जाहेरी दिएपछि उनीहरूलाई पनि शुक्रबार पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतका अनुसार प्रारम्भिक अनुसन्धानमा मृतक ध्रुव अधिकारी मजदुरीबापतको पारिश्रमिक माग्न तीलकबहादुर सार्कीको घर पुगेका बेला विवाद चर्किएको र त्यसक्रममा खुकुरी प्रहार भएको खुलेको छ। प्रहारबाट अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि तीलकबहादुर आफैंले प्रहरीलाई फोन गरी घटनाबारे जानकारी गराएको पनि प्रहरीले जनाएको छ।

हाल तीनै जनाविरुद्ध कर्तव्य ज्यान सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ। मृतक अधिकारीको शव परीक्षणपछि परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मृतक अधिकारी र सार्की परिवारबीच आर्थिक कारोबार रहेको र सोही विषयमा भएको विवादले घटनाले हिंसात्मक रूप लिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

  • Jigyasanepal

थप