Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो

  •   १ हप्ता अघि | ९ असोज २०८३, शुक्रबार

काभ्रे, असोज ९ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ चारसयबेँसी र रोशी गाउँपालिका–८ गिम्दीबेँसीस्थित बीपी राजमार्ग पहिरो खसेपछि अवरुद्ध भएको छ।

आज बिहान करिब ४ः३० बजे सडक माथिबाट पहिरो खसेपछि राजमार्गको दुवैतर्फको सडक अवरुद्ध भएको हो।

पहिरोका कारण बीपी राजमार्ग हुँदै आवतजावत गर्ने सवारीसाधन तथा यात्रु प्रभावित भएका छन्। सडक अवरुद्ध रहेकाले तत्काल सो सडकखण्ड हुँदै यात्रा गर्ने यात्रुलाई सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरिएको छ।

सम्बन्धित निकायले पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास गर्ने भए पनि सडक कहिलेसम्म खुल्ने भन्नेबारे स्पष्ट जानकारी सार्वजनिक भइसकेको छैन।

बीपी राजमार्ग हुँदै यात्रा गर्ने यात्रु तथा चालकलाई सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।

  • Jigyasanepal

थप