Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

अज्ञात समुह द्वारा लाखौँ रुपैयाँ मूल्यको बुद्धचित्तको रुख मध्य रातमा काटियो !

  •   ३ महिना अघि | १४ असार २०८३, आइतवार

 काभ्रे । हरेक बर्ष बुद्धचित्तको सिजन नजिकिदै गर्दा अपराधीक गतिविधिमा सम्लग्न गिरोहहरु पनि सकृय हुँदै आएका छ्न । यस बर्ष पनि बुद्धचित्त कारोबार लाई त्रासिद पार्ने घटना भएका छ ।

काभ्रेपलाञ्चोकमा लाखौँ रुपैयाँ मूल्यको बुद्धचित्तको फल टिप्ने समय आउन करिब एक महिना बाँकी रहँदा अज्ञात समूहले मध्यरातमा बुद्धचित्तको रुख नै काटेर फल चोरी गरेको घटना सार्वजनिक भएको छ। यस घटनाले स्थानीय किसान मात्र होइन, बुद्धचित्त खेतीप्रति आश्रित समुदायलाई समेत चिन्तित बनाएको छ।


घटना काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–१, अनेकोट दोङटोलस्थित कुलमान तामाङको घरमा रहेको बुद्धचित्तको रुखमा भएको हो। प्रहरी चौकी पाँचखालका अनुसार शनिबार राति अज्ञात समूहले रुख काटी त्यसमा लागेको सबै फल लिएर फरार भएको छ।

पीडितका परिवारको अनुसार यस वर्षको बुद्धचित्तको फल रोशी गाउँपालिका–८ का तिमालसिंह तामाङलाई २ लाख रुपैयाँमा बिक्री गरिएको थियो। फल अझै पूर्ण रूपमा पाक्न बाँकी रहेकाले केही दिनभित्र थप सुरक्षा व्यवस्था गर्ने तयारी भइरहेका बेला चोरीको घटना भएको खरिद कर्ता तिमालसिंह तामाङले बताए।

उनका अनुसार काटिएको रुखबाट करिब ८ किलो बुद्धचित्तका दाना चोरी भएका छन्। "फल टिप्ने समय आउन अझै केही समय बाँकी थियो। सुरक्षा व्यवस्था थप गर्ने तयारीमै थियौँ, तर त्यसअघि नै रुख नै काटेर दाना लगियो," उनले सौर्य दैनिक संगको कुराकानीमा बताए ।

प्रहरीका अनुसार घटनामा ह्याक्सो ब्लेड प्रयोग गरी रुख काटिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनापछि पीडित पक्षले प्रहरी चौकी पाँचखालमा निवेदन दिएको छ।

प्रहरीले घटनाको अनुसन्धान तीव्र बनाएको जनाएको छ। प्रारम्भिक सूचनाअनुसार शनिबार राति निलो रङको गाडी घटनास्थलबाट पाँचखालतर्फ गएको देखिएको भन्दै उक्त सवारी साधन र त्यसमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको जनाएको छ।


यसअघि पनि काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकामा  मध्य रातमै बुद्धचित्तको रुख काटेर दाना चोरी गर्ने गिरोह सक्रिय भएको थियो। उक्त घटनामा संलग्न व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरी कानुनी कारबाही गरेको थियो।

स्थानीयवासीले बुद्धचित्त खेतीमा बढ्दो चोरीका घटनाले किसान असुरक्षित बन्दै गएको भन्दै यस्ता संगठित आपराधिक गतिविधि नियन्त्रण गर्न सुरक्षा निकायले प्रभावकारी निगरानी र कडा कारबाही गर्नुपर्ने माग गरेका छन्।

  • Jigyasanepal

थप