Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

आज काठमाडौँ उपत्यकामा मौसम कस्तो रहला? साँझपख वर्षाको सम्भावना

  •   ४ महिना अघि | ८ असार २०८३, सोमवार

काठमाडौँ, असार ८ — काठमाडौँ उपत्यकामा आज (सोमबार) दिनभर मौसममा उतारचढाव देखिने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहानदेखि उपत्यकाको आकाशमा आंशिकदेखि सामान्य बदली रहेको छ भने दिउँसो केही समय मौसम खुल्ने सम्भावना रहेको छ। तर साँझपख पुनः बादल विकास भई वर्षा हुन सक्ने अनुमान गरिएको छ।

मौसमविद् बिनु महर्जनका अनुसार बिहान उपत्यकाको अधिकांश क्षेत्रमा बादल लागेको अवस्था रहे पनि केही घण्टापछि बादल क्रमशः घट्दै जानेछ। दिउँसो मौसम केही खुला देखिए पनि अपराह्नदेखि पुनः बादल लाग्ने र साँझ तथा रातिको समयमा मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ।

उनका अनुसार तत्कालै पनि उपत्यकाका केही स्थानमा हल्का वा फाट्टफुट्ट वर्षा हुन सक्ने सम्भावना छ। तर वर्षाको मुख्य प्रभाव भने साँझ र रातिको समयमा देखिने अनुमान गरिएको छ। यस अवधिमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।

आज बिहान ५:४५ बजे गरिएको प्रारम्भिक मापनअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० डिग्री सेल्सियस रहेको छ। तापक्रमको अन्तिम अद्यावधिक विवरण बिहान ८:४५ बजे सार्वजनिक गरिने मौसम महाशाखाले जनाएको छ।

यस्तै, आज उपत्यकाको अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ। अधिकतम तापक्रमको आधिकारिक मापन साँझ ५:४५ बजे गरिनेछ।

मौसम महाशाखाले देशभरको मौसम अवस्था, वर्षाको सम्भावना तथा मनसुनी गतिविधिबारे विस्तृत अद्यावधिक प्रक्षेपण आज बिहान ८ बजे सार्वजनिक गर्ने जनाएको छ। हाल देशका अधिकांश क्षेत्रमा मनसुन सक्रिय रहेकाले विभिन्न स्थानमा वर्षाको सम्भावना कायम रहेको मौसमविद्हरूको भनाइ छ।

  • Jigyasanepal

थप