Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

पहाडमा वर्षा र हिमपातको सम्भावना, तराई–मधेशमा गर्मी कायमै

  •   ४ महिना अघि | २० जेष्ठ २०८३, बुधबार

काठमाडौं, जेठ २० — देशका हिमाली तथा पहाडी भू–भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ भने तराई–मधेशका अधिकांश क्षेत्रमा तातो दिन कायम रहने मौसम पूर्वानुमान गरिएको छ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहनेछ भने तराईका अधिकांश क्षेत्रमा आंशिक बदली रहनेछ। दिउँसो हिमाली र पहाडी क्षेत्रका थोरै स्थान तथा लुम्बिनी प्रदेशको तराईका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

मौसमविद्हरूका अनुसार मधेश प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा तातो दिन रहने सम्भावना छ। उच्च तापक्रमका कारण ती क्षेत्रमा गर्मीको प्रभाव अझै केही दिन कायम रहने अनुमान गरिएको छ।

आज राति कोशी र मधेश प्रदेशसहित देशका हिमाली भू–भागमा साधारणतया बदली रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली रहने मौसम पूर्वानुमान गरिएको छ। बाँकी तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने बताइएको छ।

महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको छ।

मौसमविद्हरूले चट्याङ, हावाहुरी तथा वर्षाको सम्भावना रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन तथा अत्यधिक गर्मी प्रभावित तराई–मधेशका बासिन्दालाई पर्याप्त पानी पिउन, चर्को घाममा लामो समय नबस्न र स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेका छन्।

  • Jigyasanepal

थप