Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

काठमाडौँ उपत्यकामा आज पनि वर्षाको सम्भावना, दिउँसो २–३ बजेपछि पानी पर्न सक्ने

  •   २ महिना अघि | ३ भदौ २०८३, बुधबार

काठमाडौँ — काठमाडौँ उपत्यकामा आज (बुधबार) पनि वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविद्का अनुसार दिउँसो केही समय मौसम खुले पनि अपराह्न वा साँझतिर मध्यम वर्षा हुन सक्ने देखिएको छ।

मौसमविद् हरिप्रसाद दाहालका अनुसार उपत्यकामा विशेषगरी दिउँसो २–३ बजेपछि वर्षा सुरु हुने सम्भावना रहेको छ।

त्यसअघि भने उपत्यकाको मौसम सामान्यतया बदली रहनेछ। घाम लाग्ने र बादल लाग्ने क्रम चलिरहने तथा वर्षा हुनुअघि ‘घाम–बादल, घाम–बादल’ जस्तो मौसम रहने दाहालले बताएका छन्।

दिउँसो केही समय मौसम खुले पनि अपराह्न वा साँझपख मध्यम वर्षा हुन सक्ने भएकाले बाहिर निस्कँदा आवश्यक सतर्कता अपनाउनुपर्ने देखिन्छ।

यसैबीच, देशभरको विस्तृत मौसम पूर्वानुमान तथा मौसमको पछिल्लो अवस्था मौसम पूर्वानुमान महाशाखाले बिहान ८ बजेपछि सार्वजनिक गर्ने जनाएको छ।

  • Jigyasanepal

थप