Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

जंगलमा बाख्रा चराउन गएका महिलामाथि निर्घात आक्रमण, सुन लुटपाट गरेको आरोपमा ८ जना पक्राउ

  •   ५ महिना अघि | २ जेष्ठ २०८३, शनिबार

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकामा जंगलमा बाख्रा चराउन गएका पाँच जना महिलामाथि सामूहिक आक्रमण र लुटपाट भएको छ। निर्घात कुटपिट गरेर सुनका गरगहना लुटिएको घटनामा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ।

घटना शुक्रबार राप्तीसोनारी गाउँपालिका–३ अन्तर्गत बैशा र नवलपुर क्षेत्रको जंगलमा भएको हो। स्थानीय महिलाहरू बाख्रा चराउन जंगल गएको बेला अज्ञात समूहले उनीहरूमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ।

आक्रमणमा पर्नेमा ५५ वर्षीया बिसमति थारु, ५५ वर्षीया श्यामकुमारी थारु, ६५ वर्षीया मङ्गरी थारु, ५५ वर्षीया रामकलिया थारु र ४५ वर्षीया गौरी थारु रहेका छन्।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार आक्रमणकारीहरूले महिलाहरूलाई कुटपिट गरेर डेढ तोलाभन्दा बढी सुनका गरगहना लुटेर फरार भएका थिए।

घाइते महिलाहरूलाई स्थानीयले उद्धार गरी सुरुमा राप्तीसोनारी अस्पताल पुर्‍याएका थिए। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्जस्थित संजिवनी अस्पताल रेफर गरिएको प्रहरीले जनाएको छ। हाल सबै घाइते महिलाको उपचार भइरहेको छ।

घटनापछि प्रहरीले जंगल क्षेत्रमा व्यापक खोजी अभियान सञ्चालन गरेको थियो। सो क्रममा राप्तीसोनारी र नरैनापुर आसपासको जंगलबाट घटनामा संलग्न रहेको आरोपमा ८ जनालाई पक्राउ गरिएको डीएसपी पातलीले जानकारी दिए।

प्रहरीले पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जनाएको छ। ग्रामीण क्षेत्रमा महिलामाथि भएको सामूहिक आक्रमण र लुटपाटको घटनाले स्थानीय त्रसित बनेका छन्।

स्थानीय बासिन्दाले जंगल क्षेत्रमा सुरक्षा निगरानी कमजोर हुँदा यस्ता घटना बढ्न थालेको भन्दै गस्ती बढाउन माग गरेका छन्।

  • Jigyasanepal

थप