Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान

  •   १० घण्टा अघि | २५ असोज २०८३, आइतवार

शुभकामना आदानप्रदान तथा चियापान

बनेपा। युवामा सामाजिक उत्तरदायित्व, नैतिक चेतना र नेतृत्व क्षमताको विकास गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित स्थापित बनेपा सोसियल युथ काउन्सिलले शुभकामना आदानप्रदान, सम्मान तथा चियापान कार्यक्रम आयोजना गरेको छ।

२०७८ असोज १९ गते स्थापना भएको काउन्सिलले युवालाई सामाजिक सेवा, सम्पदा संरक्षण, सरसफाइ अभियान तथा समाजका रचनात्मक गतिविधिमा सक्रिय बनाउने लक्ष्यसहित आफ्ना गतिविधि अघि बढाउँदै आएको छ। कार्यक्रममा सामाजिक सेवामा युवाको भूमिका, नेतृत्व विकास, सामाजिक सम्बन्ध विस्तार र बदलिँदो प्रविधिको प्रभावबारे चर्चा गरिएको थियो।


कार्यक्रममा सहकारी अभियन्ता सागर कपाली, उद्योग वाणिज्य संघ काभ्रेका वरिष्ठ उपाध्यक्ष रवीन्द्र बैदार तथा प्याब्सन बनेपाका सुजन मानन्धरलगायतले मन्तव्य राखेका थिए। सुजन मानन्धरले विद्यार्थीलाई परामर्श प्रदान गर्दै उनीहरूको सोच, व्यवहार र भविष्य निर्माणमा सकारात्मक मार्गदर्शनको आवश्यकता औँल्याएका थिए।

‘सामाजिक सम्बन्ध विस्तार र मानवीयता जोगाउनु आजको आवश्यकता’

सहकारी अभियन्ता सागर कपालीले सामाजिक सम्बन्धलाई बलियो बनाउँदै आपसी सद्भाव र सहकार्यको संस्कृतिलाई अघि बढाउनुपर्नेमा जोड दिए। दशैँको सुरुवातसँगै आउने चाडपर्वले परिवार र समुदायबीचको सम्बन्धलाई नजिक बनाउने अवसर दिने उल्लेख गर्दै उनले सानो प्रयासले पनि समाजमा ठूलो सकारात्मक प्रभाव पार्न सक्ने सन्देश दिएका थिए।

कार्यक्रममा सल्लाहकार साजन कपाली लगायतले युवाको सक्रियता, सामाजिक सेवाप्रतिको प्रतिबद्धता र सामूहिक नेतृत्वको महत्त्वबारे धारणा राखेका थिए। प्रमुख अतिथी रवीन्द्र बैदारले पनि युवाले समाजमा जिम्मेवार भूमिका निर्वाह गर्दै रचनात्मक काममा अग्रसर हुनुपर्नेमा जोड दिएका थिए।

‘नैतिक शिक्षा र डिजिटल संस्कार आजका युवाका प्रमुख चुनौती’

कार्यक्रममा पत्रकार शुकदेव थपलियाले बदलिँदो सामाजिक परिवेशमा नैतिक शिक्षा, सामाजिक सञ्जाल र कृत्रिम बुद्धिमत्ता (एआई) को प्रभावबारे चर्चा गरेका थिए। प्रविधिको विकासले सूचना र सञ्चारलाई सहज बनाए पनि यसको अनियन्त्रित तथा नकारात्मक प्रयोगले सामाजिक सम्बन्धमा दूरी बढाउने, गलत सूचना फैलाउने र युवा पुस्ताको व्यवहारमा चुनौती सिर्जना गर्न सक्ने उनले बताए।उनले प्रविधिको प्रयोगसँगै विवेक, मानवीय संवेदना, नैतिकता र सामाजिक जिम्मेवारीलाई पनि उत्तिकै महत्त्व दिनुपर्ने धारणा राखेका थिए। डिजिटल माध्यमबाट प्राप्त सूचनालाई विवेकपूर्ण ढङ्गले मूल्याङ्कन गर्ने, अरूको सम्मान गर्ने र सामाजिक सम्बन्धलाई जोगाइराख्ने संस्कार विकास गर्न आवश्यक रहेको उनको भनाइ थियो।


बनेपा सोसियल युथ काउन्सिलले आगामी दिनमा पनि युवालाई सामाजिक सेवामा परिचालन गर्ने, सम्पदा संरक्षण तथा सरसफाइ अभियानलाई निरन्तरता दिने, नेतृत्व विकासका कार्यक्रम सञ्चालन गर्ने र समाजमा सकारात्मक परिवर्तनका लागि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

कार्यक्रममा युवा विद्यार्थी जेष्ठ नागरिक लाई सम्मान गरिएको थियो ।

सामाजिक उत्तरदायित्वबोध भएका युवाको सक्रिय सहभागिताबाट मात्रै सभ्य, जिम्मेवार र सकारात्मक समाज निर्माण सम्भव हुने सन्देशसहित कार्यक्रम सम्पन्न भएको थियो।

  • Jigyasanepal

थप