Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने

  •   २ हप्ता अघि | २ असोज २०८३, शुक्रबार

काठमाडौं, असोज २ । शुक्रबार देशभर मौसम बदली रहने भएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी तथा हिमाली भूभागका विभिन्न स्थानमा वर्षासँगै हिमपातको सम्भावना रहेको छ।

दिउँसो देशभर सामान्यतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपात हुनसक्ने महाशाखाले जनाएको छ।

यस्तै, कोशी, बागमती र गण्डकीका पहाडी भूभागका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। तराईका थोरै स्थानमा पनि मेघगर्जनसहित वर्षा हुनसक्नेछ।

यी ठाउँमा भारी वर्षाको सम्भावना

महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।

भारी वर्षा हुनसक्ने क्षेत्रमा पहिरो तथा स्थानीय डुबानको जोखिम रहनसक्ने भएकाले आवश्यक सावधानी अपनाउनुपर्ने देखिन्छ।

राति हिमाली क्षेत्रमा वर्षा र हिमपात

राति कोशी प्रदेशसहित देशका अधिकांश हिमाली तथा पहाडी भूभागमा सामान्यतया बादल लाग्नेछ। तराईका बाँकी क्षेत्रमा भने आंशिक बदली रहनेछ।

रातिको समयमा कोशी, बागमती, गण्डकी र कर्णालीका हिमाली भूभागका थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिमका हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुनसक्नेछ।

पहाडी क्षेत्रमा पनि वर्षाको सम्भावना कायमै रहनेछ। कोशी र गण्डकीका पहाडी भूभागका केही स्थान तथा बागमतीका थोरै स्थानमा वर्षा हुनसक्नेछ। त्यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

तराईमा पनि बदलीसँगै वर्षा

तराईतर्फ कोशी प्रदेशका केही स्थान तथा मधेश, बागमती र गण्डकीका थोरै स्थानमा वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

यसैगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ।

  • Jigyasanepal

थप