Breaking News
दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||    

काभ्रेको बनेपामा टिभिएसको नयाँ शोरूम: स्थानीय समुदायको लागि नयाँ सुविधा

  •   २ वर्ष अघि | ६ साउन २०८१, आइतवार

काभ्रे । निर्भीद मोटर्स प्राइभेट लिमिटेडले काभ्रेको बनेपा नगरपालिका-८, स्थित तिनदोबाटोमा आफ्नो नयाँ टीभीएस शोरूम उद्घाटन गरेको छ। काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष प्रताप वैद्यले रिबन काटेर शोरूमको उद्घाटन गरे।


कार्यक्रममा बोल्दै अध्यक्ष वैद्यले विद्युतीय सवारी बिक्री गर्ने कम्पनीलाई सदैव साथ दिने प्रतिवद्धता जनाए। उनले बनेपाको सौन्दर्य र वायु प्रदूषण न्यूनीकरणमा विद्युतीय सवारीको आवश्यकता रहेको स्पष्ट पारे।


निर्भीद मोटर्सका सञ्चालक रुपेश श्रेष्ठका अनुसार, नयाँ शोरूमले स्थानीय समुदायको मोटरबाइक र स्कुटरका आवश्यकताहरू पूरा गर्ने उद्देश्य राखेको छ। शोरूममा विभिन्न टिभिएस मोडेल उपलब्ध हुनेछ, साथै स्पेयर पार्ट्स र सवारीसाधन मर्मत सम्भारका सेवा पनि प्रदान गरिनेछ।


नेपालमा टिभिएसका दुईपाँग्रे सवारीसाधनको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.ली. हो। देशभरि १५० भन्दा बढी डिलरको बलियो सञ्जाल रहेको टिभिएसले गुणस्तरीय उत्पादन, नवीन टेक्नोलोजीको प्रयोग, बिक्री पश्चातको उत्कृष्ट सेवा, र देशभर जगेडा पार्टपूर्जाको उपलब्धताका कारण ग्राहकलाई सन्तुष्ट पार्न सफल भएको छ।


टिभिएस नेपालमा सर्वाधिक रुचाइएको दुईपांग्रे सवारी ब्राण्डका रूपमा स्थापित हुन पुगेको छ। यस नयाँ शोरूमले स्थानीय उपभोक्ताहरूलाई सुलभ र गुणस्तरीय सेवा प्रदान गर्ने विश्वास गरिएको छ।


  • Jigyasa media

थप