Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

चार दिनको चोला यो

  •   २ वर्ष अघि | ११ भदौ २०८१, मङ्लबार


✍🏼– लक्ष्मी प्रसाद देवकोटा 


चार दिनको चोला यो भन्नु शम्भू भोला

घामछायाँको खेल यो विचार गर्नु होला भाइ


आँसु-हाँसोले बनेको हाम्रो नर चोला

पाप-मयल आँसुले धोइदिनु होला भाइ


छातीमाथि हात दिई सत्य बोल्नु होला

सत्य पिछा जिन्दगी यो अर्पण गर्नु होला भाइ


कोही छैन आफ्नो भन्नु गर्व छाड्नु होला

बिझ्ने घोच्ने भन्नु छैन दिल अरूको रोला भाइ


धन-जन-रूपको मोल छैन तोला

एकमुठीको सास यो चट्ट उडी जाला भाइ ॥

  • Jigyasa media

थप