Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

सधैँको लागि आउने भए मेरी बनाउँला

  •   २ महिना अघि | २० साउन २०८३, बुधबार


                               ✍️भीमनिधि तिवारी

सधैँको लागि आउने भए मेरी बनाउँला

फकाउँला, फुलाउँला, गिज्याउँला, हँसाउँला !


वसन्ती फूलबारीमा बढाई प्रेम प्यारीमा

चमेलीको छहारीमा बसी माला गुथाउँला !


घुमाई हातमा पङ्खा टहल्दै ग्रीष्म मैह्नामा

फोहोराको किनारामा गजल गाई सुनाउँला !


बिजुली मेघ गर्जन्छन् कडा वर्षा ऋतु लामो

बगैँचा बङ्गलामाथि कविता नै पढाउँला !


शरदमा शान्त जङगलको खुला मैदानमा जाई

हजारौं काइदा चुम्बनकला जम्मै सिकाउँला !


ऋतु हेमन्त, शिशिरमा अति एकान्त खोपीमा

जनम्भर संझना रहने मिठो प्रीति लगाउँला !

  • Jigyasanepal

थप