Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

अन्तर्राष्ट्रिय महिला फुटबल : नेपाल र म्यानमार फाइनलमा

  •   २ वर्ष अघि | ९ फाल्गुन २०८१, शुक्रबार

काठमाडौं — जारी अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपाल र म्यानमारले फाइनल यात्रा तय गरेका छन्। चार टोली सम्मिलित यस प्रतियोगितामा नेपाल र म्यानमारले लगातार दुई खेलमा सफलता हात पार्दै शीर्ष स्थान सुरक्षित गरेका हुन्। लेबनान र किर्गिस्तान भने सुरुआती खेलहरूमा पराजित हुँदै फाइनल दौडबाट बाहिरिएका छन्।

नेपालको कठिन जित

दशरथ रंगशालामा बिहीबार सम्पन्न खेलमा नेपालले लेबनानलाई १–० गोल अन्तरले पराजित गर्यो। पहिलो हाफको ४१औं मिनेटमा सावित्रा भण्डारीको प्रहार डिफ्लेक्ट भई गोलमा परिणत भएको थियो, जसले नेपाललाई निर्णायक अग्रता दिलायो।

खेलको सुरुआती क्षणहरूमा दुवै टोलीले केही राम्रा अवसरहरू सिर्जना गरे पनि गोल गर्न सकेनन्। १०औं मिनेटमा लेबनानकी क्रिस्टी मालोफको प्रहार नेपाली गोलरक्षक एन्जिलाले बचाइन्। ११औं मिनेटमा नेपालकी विमला चौधरीको प्रहार पोस्टभन्दा माथिबाट बाहिरियो। त्यस्तै, १३औं मिनेटमा लैला इस्कन्दरले खुलेआम मौकामा गोल गर्न चुकेकी थिइन्।

नेपालका लागि रेखा पौडेल, साम्बा, विमला चौधरी र प्रीति राईले पनि गोलका अवसरहरू गुमाए। ३१औं मिनेटमा लेबनानकी लेला इस्कन्दरले थ्रु पासमा पाएको बललाई सदुपयोग गर्न सकिनन्, भने ३७औं मिनेटमा क्रिस्टी मालुफको प्रहार पोस्टको छेवैबाट बाहिरिएको थियो।

म्यानमारको एकतर्फी प्रदर्शन

यसै दिन भएको अर्को खेलमा म्यानमारले किर्गिस्तानलाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान पक्का गर्यो। म्यानमारका योन वादी र मे हिइत लुले समान २ गोल गरे भने सानदार लिनले १ गोल थपे।

खेलको दोस्रो मिनेटमै योन वादीले गोल गर्दै म्यानमारलाई अग्रता दिलाए। ३०औं मिनेटमा सानदार लिनले दोस्रो गोल थपे। त्यसको केही क्षणपछि नै मे हिइत लुले तेस्रो गोल गरे। पहिलो हाफ सकिन चार मिनेट बाँकी रहँदा योन वादीले व्यक्तिगत दोस्रो गोल गर्दै म्यानमारलाई ४–० को बलियो स्थितिमा पुर्याए। दोस्रो हाफमा ४९औं मिनेटमा मे हिइत लुले अर्को गोल थप्दै टिमलाई ५–० को सहज जित दिलाए।

अब नेपाल र म्यानमार फाइनल अघि लिग चरणको अन्तिम खेलमा आमनेसामने हुनेछन्।


  • Jigyasa media

थप