Breaking News
प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||    

लुइस सुआरेजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा

  •   २ वर्ष अघि | १८ भदौ २०८१, मङ्लबार

काठमाण्डौ भदौ १८ — उरुग्वेका प्रख्यात फुटबल खेलाडी लुइस सुआरेजले ३७ वर्षको उमेरमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन्। 

सुआरेजले आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल पाराग्वेविरुद्ध शुक्रबार खेल्दैछन्। उरुग्वेका सर्वाधिक गोलकर्ता रहेका सुआरेजले राष्ट्रिय टिमबाट १४२ खेल खेल्दै ६९ गोल गरेका छन्।

सेन्टेनारियो रंगशालामा आयोजित पत्रकार सम्मेलनमा भावुक हुँदै सुआरेजले, "शुक्रबार मेरो देशका लागि अन्तिम खेल हुनेछ," भनेर आफ्नो निर्णय सार्वजनिक गरे।

सन् २००७ देखि उरुग्वेका लागि खेल्दै आएका सुआरेजले आफ्नो सन्यासलाई समयसापेक्ष निर्णयको रूपमा व्याख्या गरेका छन्। "मलाई अर्को विश्वकप खेल्न गाह्रो छ भन्ने थाहा छ, तर चोटका कारण नभई आफ्नै इच्छाले सन्यास लिन पाउनु सुखद कुरा हो," उनले भने।

सुआरेजले उरुग्वेको राष्ट्रिय टिमबाट चार पटक विश्वकप र पाँच पटक कोपा अमेरिका खेलेका छन्। उनले २०११ मा उरुग्वेलाई कोपा अमेरिकाको उपाधि जिताएका थिए, जुन उनको करियरको सबैभन्दा उत्कृष्ट क्षण रह्यो।

सुआरेजले क्लब करियरलाई भने निरन्तरता दिनेछन् र हाल उनी मेजर सकर लिग क्लब इन्टर मायामीमा आफ्ना नजिकका साथी लिओनल मेसीसँगै खेल्दैछन्। सुआरेजले यसअघि अयाक्स, लिभरपुल, एट्लेटिको मड्रिड र ग्रेमियोका लागि पनि खेलेका थिए।

  • Jigyasa media

थप