Breaking News
प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||    

एसिया कप टी– २० क्रिकेटअन्तर्गत आज नेपाल पाकिस्तानसँग भिड्दै

  •   २ वर्ष अघि | ६ साउन २०८१, आइतवार

काठमाडौं । महिला एसिया कप टी– २० क्रिकेटअन्तर्गत आज नेपाल पाकिस्तानसँग भिड्ने भएको छ । यही साउन ६ गते शुक्रबारबाट सुरु भएको उद्घाटन खेलमा यूएईलाई ६ विकेटले हराउँदै नेपालले विजयी सुरुवात गरिसकेको छ ।


श्रीलंकाको रांगिरी दाम्बुला इन्टरनेसनल स्टेडियममा हुने नेपालको दोस्रो खेल नेपाली समय अनुसार साँझ ७ः१५ बजे सुरु हुनेछ । एसिया कपमा नेपाल र पाकिस्तान सन् २०१६ मा खेलेका थिए । उक्त खेलमा पाकिस्तानले नेपालमाथि ९ विकेटको जित हात पारेको थियो ।


नेपाल रहेको समूह ‘ए’ को अर्को खेल आजै दिउँसो २ः१५ बजे भारत र यूएईबीच हुनेछ । यूएई र पाकिस्तान पराजित भए भारत र नेपालले सेमिफाइनलमा स्थान सुरक्षित गर्नेछ ।


गत शुक्रबार टस हारेर पहिला ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११५ रन मात्रै बनाएर नेपाललाई जितका लागि ११६ रनको लक्ष्य दिएको थियो ।


यूएईले दिएको ११६ रनको लक्ष्य पछ्याएको नेपालले १६.१ ओभरमै ४ विकेटको क्षतिमा विजय लक्ष्य पूरा गरेको हो । नेपालले आज पाकिस्तानसँग दोस्रो खेल खेलेपछि मंगलबार भारतसँग तेस्रो खेल खेल्नेछ । दुई समूहका शीर्ष दुई टोलीले सेमिफाइलन खेल्नेछन् ।

  • Reporter

थप