Breaking News
प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||    

नेपाल आज महिला एसिया कप क्रिकेटमा भारतसँग खेल्दै

  •   २ वर्ष अघि | ८ साउन २०८१, मङ्लबार

काठमाडौँ – एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगिताको समूह चरण अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले आज भारतसँग खेल्दैछ। खेल श्रीलंकाको रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार बेलुका सवा ७ बजेबाट सुरु हुनेछ।


सेमिफाइनलमा पुग्नका लागि नेपाललाई आजको खेलमा भारतलाई जित्नैपर्ने दबाब छ। पहिलो खेलमा यूएईलाई ६ विकेटले हराएको नेपाल दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित भएको थियो।


समूह ‘ए’ मा नेपाल र पाकिस्तानको समान २–२ अंक छन्। भारतले २ खेल जितिसकेको छ भने यूएई २ खेलमा पराजित भएको छ। 


नेपालका खेलाडीहरू आजको खेलमा उच्च मनोबलका साथ मैदानमा उत्रिने तयारीमा छन्, जबकि भारतको बलियो टोलीसँग सामना गर्नु चुनौतीपूर्ण रहनेछ। 


आजको खेलको नतिजा नेपालका लागि निकै महत्वपूर्ण हुनेछ, जसले टोलीको आगामी यात्रा तय गर्नेछ। 


  • Jigyasa media

थप